दन्त दर्द (कविता)

कविता

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’

आँतको रोगीलाई
एउटा दाँतले गर्नुगर्यो
भाँच्चिएको दाँतको जरा
बाङ्गिएर संकटमा पर्यो
एन्टिबायोटिक खाए पनि
शल्यक्रिया गर्नुपर्यो
कुशल सर्जन भेटेपछि
बल्ल ठूलो समस्या टर्यो
समस्या टर्नु त टर्यो
र पनि
दुई चार दिनलाई
मौन व्रत बस्नुपर्‍यो।

०००

१६ चैत २०८२
धुम्बाराही,काठमाडौं।