१५ साउन २०८२, काठमाडौं ।
एकता समाजले काठमाडौंमा आयोजना गरेको खीर खाने कार्यक्रममा माननीय दिपेन्द्र श्रेष्ठ, समाजसेवीहरु कृष्ण के. सी., देवराज शर्मा र अम्बिका अर्याललाई सम्मान गर्यो ।
यसैगरी सोही कार्यक्रममा एस एस फाउन्डेसन काठमाडौं, नेपालले साहित्यकार राधेश्याम लेकालीलाई नगद राशि रु. २५,०००/- (पच्चिस हजार)सहित सम्मान गर्यो । लेकालीलाई विभिन्न साहित्यिक र सामाजिक संस्थाहरुको नेतृत्व तहमा रहेर तथा आफ्ना सिर्जनाका माध्यमबाट नेपाली साहित्यको उन्नयन र विकासमा योगदान गरेवापत सो सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका हातबाट वितरण गरिएको हो ।
एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सहजीकरण गर्नु भएको सो कार्यक्रममा वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी.ले स्वागत गरेका थिए । उनले साउन पन्ध्र, खीरको महत्व र नेपाली पर्वको बारे चर्चा गरेका थिए ।
काठमाडौं क्षेत्र न. १ एकता समाजका अध्यक्ष चमन कोइरालाको सभापतित्वमा आयोजित सो कार्यक्रममा एस एस फाउन्डेसनका संरक्षक समाजसेवी एवं गीतकार शोभित उप्रेतीले कार्यक्रमको प्रायोजन गरेका थिए ।
०००
