९ साउन २०८२, काठमाडौं
बुढानीलकण्ठ नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जेष्ठ साहित्यकारहरूसँग भेटघाट एवम् रचना वाचन सम्पन्न गरेको छ।
कार्यक्रममा कविहरू मोहन दुवाल,डा.कृष्ण सुवेदी,तोयनाथ तिवारी,हरिवंश किराँत,प्रदीप प्रधान,रघुनाथ पण्डित,गणेश राम लाछी,बुद्धिराज पाण्डे,गोविन्दप्रसाद आत्रेय,वियोगी बुढाथोकी,किशोर पहाडी,सुभाषचन्द्र पौडेल’भीमफेदीया’, मुकुन्द शर्मा चालिसे,कृष्ण बाउसे,रामबहादुर पहाडी,नरेन्द्र बहादुर श्रेष्ठ,राम विनय,शाक्य सुरेन,जय छाङ्छा,ओमप्रसाद कोइराला,गणेश मिश्र तथा अनिता लामाले आ-आफ्ना रचना वाचन गरेर सुनाएका थिए।
नगरपालिकाकी उपप्रमुख अनिता लामाको सक्रियतामा भएको सो भेटघाट तथा रचना कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पनि अक्षर र शब्दसँग खेल्न मन पराउने भएकोले भाषा, साहित्य,कला र संस्कृतिको प्रचारप्रसारमा साहित्यकारको अहम् भूमिका रहने बताउँदै जेष्ठ साहित्यकारहरूको अनुभव र अनुभूति नगरपालिकाका लागि अर्काइभ(अभिलेख)का रूपमा रहने बताइन्।
कार्यक्रममा नगरपालिकाका अधिकृत कर्मचारी सत्यराज जोशी तथा जनप्रतिनिधिद्वय गणेश मिश्र तथा विकास तामाङ लामाले मन्तव्य राखेका थिए।
साहित्यकारहरूलाई डायरी र भगवान बुढानीलकण्ठको प्रतिमा उपहारस्वरूप प्रदान गरिएको थियो ।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
