जापानमा भानु जयन्ती

मुख्य समाचार

१३ जुलाई २०२५, टोकियो

नेपाली राजदुतावासले टोकियोमा काव्यवाचन र स्वागत कार्यत्क्रम गरेर २१२ औं भानु जयन्ती मनाएको छ । जापानमा बसिरहेका स्रष्टाहरूको उपस्सथितिमा भएको सो समारोहमा राजदूत दुर्गाबहादुर सुवेदीले जाति, समाज संस्कृति र राष्टृसित भाषाको ठूलो भूमिका हुने बताउँदै भानुभक्तको योगदान अतुलनीय रहेको बताए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै कथाकार धुव मधिकर्मीले अदिकवि भानुभक्तबाट सुरू भएको नेपाली भाषा र साहित्य आज अन्तराष्ट्रिय रूपमा फैलिएको बताउँदै भाषा र साहित्यबाट नेपालीलाइ जोड्ने कार्यमा दूतावासले सेतुको कार्य गरोस् भने ।
नेपाली भाषाका अध्येता हारूहितो नोजू र कुमार बस्नेतले भानुखक्त र नेपाली भाषाको सम्वन्धमा चर्चा गरे ।
कार्यक्रममा प्रकाश पौडेल माइला, गृष्मा पौडेल,दिनेश ज्ञवाली, हेमन्त गिरी, रबिन शर्मा, विष्णु घिमिरे, अरूण पौडेल, सरिता ढकाल, दीप पाठक, रविन्द्र दिक्खुपा, देवी प्रसाद इङनाम, र विजय स्याङबोले कविता, मुक्तक र गजल वाचन गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा जापान भ्रमणमा रहेका कथाकार धुव मधिकर्मीलाइ स्वागत गदै राजदूत सुवेदीले लेखक सम्पादक र साहित्यिक अभियनताको रूपमा स्थापित मधिकर्मी तीसको दशकदेखि सक्रिय स्रष्टा भएको बताए ।