१५ असार २०८२, काठमाडौं
युरोपलाई कर्मभूमि बनाउँदै आएकी कवि रेनुका भट्टको नयाँ कवितासंग्रह ‘प्रेमी पहाड’ प्रकाशित भएको छ ।
यस सङ्ग्रहमा उनका ताजा ३१ वटा कविता सङ्कलित छन् ।
कवि विकरम सुव्वाले उनको कविताको वारेमा यस्तो धारणा राख्छन् , ‘रेनुकाको कवितामा उनी बाँचेको समाज र दुनियाँको रङ’छ ।
कवि श्यामलले उनलाई ‘प्रश्नहरूकी कवि’ उपमा दिएका छन् ।
कवि रमेश क्षितिजको दृष्टिमा उनी‘सरल र सरस भाषामा मानवीय संवेदनाका जटिलतालाई प्रस्तुत गर्ने’ कवि हुन् ।
कवि रेनुका कविता जीवनजस्तै सुन्दर छ भन्ने मान्यता राख्छिन् ।
०००
