हिरण्य भोजपुरेको “सगरमाथाभन्दा माथि” उपन्यास अङ्ग्रेजीमा प्रकाशित तथा विमोचित

मुख्य समाचार

१६ जून २०२५, कोलोराडो

नेपाली साहित्यका विविध विधाका साथै गीत र सङ्गीत समेतका हस्ती हिरण्य भोजपुरेको नेपाली भाषामा प्रकाशित र चर्चित उपन्यास “सगरमाथाभन्दा माथि” को अङ्ग्रेजी अनुवाद “आङ शेर्पा एण्ड ओसन अफ हाइटस्” शिर्षकमा प्रकाशित भै विमोचन समेत सम्पन्न भएको छ ।
यो विमोचन हालसालै दिवङ्गत साहित्यकार तथा गीत तथा सङ्गीतका शिखर गणेश रसिकको सम्झनामा कोलोराडोमा आयोजना गरिएको थियो । लेखक तथा लेखकका परिवारजन र प्रकाशक समेतको सहभागितामा सो विमोचन सम्पन्न भएको थियो ।
यो उपन्यासको अनुवाद भूवन थपलियाले गरेका हुन् ।