३१ जेठ २०८२, काठमाडौं
नेपालको पूर्ण व्यावसायिक एक मात्र अनलाइन अखबार “साहित्य पोस्ट” ले हरेक वर्ष प्रदान गर्ने “साहित्य पोस्ट उत्तम काव्य पुरस्कार” को लागि अन्तिम छनौट भएका तीन पुस्तकको नाम सार्वजनिक गरेको छ । साहित्य पोस्टले सार्वजनिक गरेको ती तीन कविता पुस्तकमा कवि हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, आर्यशको ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ र मधुसुदन घिमिरेको ‘मायाको आयतन’ कविता सङ्ग्रह रहेका छन् ।
यी तीन पुस्तकमध्ये एकले ५० हजार राशीको उत्तम काव्य पुरस्कार प्राप्त गर्नेछ ।
कुनै पनि कविको प्रथम कविता कृतिका लागि दिइने यस पुरस्कारका लागि ४२ कृति प्राप्त भएकोमा पहिलो छनौटमा १२ कृति परेका थिए भने दोस्रो छनौटमा ५ कृति परेका थिए ।
यो पुरस्कार कवि, गीतकार तथा सफल उद्यमी उत्तम भौकाजीले प्रायोजन गरेका हुन् ।
०००
