डा. ध्रुवचन्द्र गौतमको नयाँ बृहत् गद्य पुस्तक तयार

मुख्य समाचार

१३ बैशाख २०८२, काठमाडौं

नेपाली वाङमयका शिखर आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतमको नयाँ पुस्तक प्रकाशन भएको छ र छिटै सार्वजनिक हुने भएको छ । यसको नामाकरण “यी फूलहरु म कहाँ राखु” गरिएको छ । १५७ गद्य रचनाको यस सङ्ग्रह ठूलो आकारमा ५५० पृष्ठ रहेको छ । यो उनको असङ्कलित विविध गद्य रचनाको पुस्तक हो र यसको सङ्कलन एवम् सम्पादन डा. खुम नारायण पौडेल तथा डा. ईशान गौतमले गरेका छन्।
नेपाली वाङमयमा ठूलो सङ्ख्यामा उपन्यास तथा कथा सङ्ग्रहका स्रष्टा गौतमका नाटक तथा यात्रा संस्मरणका पुस्तकहरु समेत प्रकाशित छन् ।
निर्बन्ध रुपमा उनले विभिन्न पत्रपत्रिकामा प्रकाशन गरेका विविध विषयका गद्य रचनाहरु असङ्कलित अवस्थामा रहेकोमा अब पाठकले एकै पुस्तकमा उनका गद्य रचनाको स्वाद लिन पाउनेछन् ।
विश्वपरिक्रमासँग कुरा गर्दै कवि तथा सो ग्रन्थका एक सम्पादक डा. खुम नारायण पौडेलले पुस्तक मुद्रण भइसकेको र छिट्टै सार्वजनिक हुने बताए ।
स्मरणीय छ यसअघि यीनै सम्पादक द्वयको सम्पादनमा “ध्रुवचन्द्र गौतमः आविष्कारी आख्यानका दशकहरु” शिर्षकमा डा. गौतममाथि नेपाली वाङमयका विविध स्रष्टाले लेखेका रचनाहरूको कृति प्रकाशित भएको थियो ।

०००

Leave a Reply