६ वैशाख २०८२, काठमाडौं
उपन्यास समाज नेपालको आयोजनामा उपन्यासकार ज्ञानु बुढाथोकीको उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल, डा. शान्तिमाया गिरी, पवन आलोक, श्रीओम् श्रेष्ठ ‘रोदन’, केशव आचार्य, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा, भद्रगोल किराती लगायतले कृति र कृतिकारको विषयमा आ-आफ्नो धारणा राखेका थिए ।
उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको शुरुमा साहित्यकार तथा नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम माधव बिडारी “चेतनपथ”ले संचालन गरेका थिए ।
