तीन मुक्तक

कविता

बसन्त श्रेष्ठ

१ .

काँचको त् के कुरा कुनै पनि क्षण फुट्न सक्छ
मनका कुरा पनि त कुनै पनि क्षण टुट्न सक्छ
तर मन भित्र मायाको रहर पलाएन भने सम्झ
त्यो जीवन काँच झैं कुनै पनि क्षण टुक्रन सक्छ !!!

२ .

कोहि भन्छन हाम्रो माया चखेवा र मलेवा जस्तो
कोहि भन्छन उनको माया बगरको बालुवा जस्तो
तर मलाई त लाग्छ हाम्रो माया संधै संधै नै
बसन्तमा फक्रिएको गुलाफको पालुवा जस्तो !!!

३ .

जीत मात्र मिठो लाग्ने यो जिन्दगीमा
हार पनि संगै हिंडदो रहेछ यो जिन्दगीमा
हार संधै मिठो नलाग्ने यो चोलामा
हार स्विकार्नु जीत हुँदो रहेछ यो जिन्दगीमा !!!

000

कवि परिचयः वसन्त श्रेष्ठ मूलतः कवि हुन् । तेह्रथुमको म्याङ्गलुङ्ग बजारमा जन्मेका उनले सन् १९९४ देखि अमेरिकालाई कर्मभूमिबनाएका छन् । विसं २९२६ मा तीनजुरे हस्तलिखित पत्रिकामा “रूख” कविता प्रकाशित गरी साहित्यमा पदार्पण गरेका उनका कवितासंग्रहहरू “बसन्त श्रेष्ठका कविता”(सं. गोविन्द गिरी प्रेरणाः विसं २०६४ ), “भावनाका लहरहरु” (विसं२०६६ ),“उज्यालो खोज्ने आवाजहरु” ( विसं २०६७), “अर्को गोलार्धमा उभिएको मान्छे” ( विसं २०७७), संस्मरण संग्रह “अँगालो भरिको अनुभूति “( विसं२०७९) तथा जीवनी “नारायणमान श्रेष्ठ” ( विसं २०७९) प्रकाशित छन् ।

Leave a Reply