रेखा-पवन स्रष्टा सम्मान पहिलोपल्ट गीतकार कालीप्रसाद रिजाललाई समर्पण

मुख्य समाचार

२५ फागुन २०८१, काठमाडौं

नेपाल स्रष्टा समाजले राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि एवम् गीतकार कालिप्रसाद रिजाललाई रेखा-पवन स्रष्टा सम्मान समर्पण गरियो ।
नगद रु.१ लाख एक सय एघार राशी सहितको उक्त सम्मान बरिष्ठ साहित्यिक पत्रकार,साहित्यकारद्धय र रोचकघिमिरे,नगेन्द्रराज शर्मा,समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’,पुरस्कारका संस्थापक मध्येका रीता कंडेल बस्नेत लगायतले सामुहिक रुपमा समर्पण गरे । गत वर्ष स्थापना भएको यो पुरस्कार पहिलोपल्ट कवि रिजाललाई प्रदान गरिएको हो ।
नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता,गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गर्ने निर्णय गरिएको थियो । यसका लागि बरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरि समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमिति बैठकले अनुमोदन गरेको थियो ।
कार्यक्रममा वक्ता रोचक घिमिरेले रिजाललाई पहिलो पटक भेटेको प्रसंग सुनाउँदै उनको बारेमा आफ्नो विचार राखे । अर्का वक्ता नगेन्द्रराज शर्माले योग्य व्यक्तिलाई चयन गरेकोमा आफुलाई खुशी लागेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुरस्कृत कवि रिजालले जागीरले बाँध्न खोज्दो रहेछ र लेखनीले उन्मुक्त हुन खोज्दोरहेछ भन्दै धेरै पटक विगतमा सत्ताको धरपकडमा परेको बताए । सम्वोधनको सिलसिलामा उनले उनले देशप्रेमले ओतप्रोत “कमसेकम” शिर्षकको कविता पनि सुनाए ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले-‘मरेपछि कसैलाई सम्मान गर्नुभन्दा जिउँदो हुँदै योगदानको सम्मान गर्नुपर्छ’ भन्दै पुरस्कारका संस्थापकहरुप्रति धन्यवाद ज्ञापन गरे । उनले भने, प्रज्ञाको गतिविधि प्रति टिप्पणी गर्दै ‘प्रज्ञाको घुम्ने मेचमाथि बस्नेहरुले के गर्छन् थाहा छैन्। तर हामीले थुप्रै साहित्यिक कार्यक्रम गरेका छौं।
पुरस्कार संस्थापकको तर्फबाट बधाई तथा शुभकामना मन्तव्य रीता कंडेल बस्नेतले गरेकी थिइन् । मन्तब्यको क्रममा उनले साहित्यकार पिता पवन आलोक र आमा रेखा कंडेलको बैबाहिक वार्षिकोत्सवको दिन प्रदान गर्नेगरी पुरस्कार स्थापना गरेको जानकारी दिइन् ।
कार्यक्रममा सम्मानित स्रष्टाको व्यक्तित्वको बारेमा समाजका उपाध्यक्ष डा.सदानन्द कडेलले चर्चा गरेका थिए ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समाजका महासचिव देविका तिमल्सिनाले सञ्चालन गरेका थिए भने तथा कोषाध्यक्ष तारा सुवेदीको स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

०००

Leave a Reply