२७ माघ २०८१, काठमाडौं
सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली फर्पिङले २०८१ फागुन १७ गते शनिबारका दिन बृहत् साहित्यिक उत्सव गर्ने तथा सो अवसरमा ‘सुसेली साहित्यिक पत्रकार सम्मान–२०८१’ वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई, ‘सुसेली कविता सम्मान–२०८१’ कवि तुलसी दिवसलाई तथा ‘सुसेली आख्यान सम्मान–२०८१’ कथाकार माया ठकुरीलाई समर्पण गर्ने निर्णय गरेको जनाएको छ ।
साहित्यकार किशोर पहाडीको संयोजकत्वमा गठित डा. शेखरकुमार श्रेष्ठ र अप्सरा भुर्तेल सदस्य रहेको चयन समितिको सिफारिसमा सुसेली साहित्यिक प्रतिष्ठानको कार्य समितिले निर्णय गरेको हो ।
यो सम्मानमा नगद राशी समेत रहेको समेत प्रतिष्ठआनले जनाएको छ ।
