साहित्यकार राधेश्याम लेकाली सम्मानित

मुख्य समाचार

३ फागुन २०८१ , काठमाडौं ।

अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली माउन्ट ग्लोरी इनटरनेसनल बोडिङ हाई स्कुल, बसुन्धरा, काठमाडौंबाट सम्मानित भएका छन् । ।
नेपाली साहित्य जगतमा सिर्जना र संस्थागत योगदानको कदरस्वरुप सो सम्मान प्रदान गरिएको हो ।
राष्ट्रिय नाचघरमा आयोजित स्कूलको वार्षिक अभिभावक दिवसको अवसरमा लेकालीलाई सो सम्मान पूर्व राजदूत एवं पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले प्रदान गरेका हुन् ।
सो अवसरमा आयोजक स्कूलका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमकहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको शुरुमा स्कुलका प्रमुख गणेश श्रेष्ठले कार्यक्रमको उदेश्य र महत्व माथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply