३१ जनवरी २०२६, ओहायो, अमेरिका
नेपाली गीत–संगीतलाई विश्व समुदायमा प्रबर्द्धन गर्ने उद्देश्यसहित स्थापित अन्तर्राष्ट्रिय नेपाली गीतकर सङ्घ (INLA)ले आफ्नो दोस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामि मार्च २९, २०२६ मा अमेरिकाको ल्याङ्कास्टर पेन्सल्भेनियामा आयोजना गर्नेभएको छ।
सम्मेलनको संयोजन तथा व्यस्थापन ल्याङ्कास्टरस्थित स्थानीय साहित्यिक संस्था ‘साहित्य कला संगम’ले गर्नेछ। सम्मेलनमा संघका गतिविधिमाथि छलफलका साथै विविध साहित्यिकक एबम् सांगीतीक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।
सम्मेलनको अवसरमा नेपाली गीत, संगीत र गायन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सात जना सर्जकहरूलाई
सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। संघको निर्णयअनुसार यस वर्षको “INLA ज्ञानेन्द्र गदाल गीत सम्मान” विविष्ट कवि तथा लोकप्रिय गीतकार दिनेश अधिकारीलाई अर्पण गरिनेछ।
त्यसैगरी, गीत लेखनतर्फ नेपालबाट पुरुषोत्तम लम्साल (पुरु लम्साल) र प्रवासबाट साबू गदाल कार्की, संगीत
सिर्जनातर्फ नेपालबाट तृप्ति खड्का र प्रवासबाट अगम गुरुङ, तथा गायनतर्फ नेपालबाट यशोदा पराजुली र
प्रवासबाट डम्बर खापुङ सुब्बा सम्मानित हुने भएका छन्।
NLA ज्ञानेन्द्र गदाल गीत सम्मानअन्तर्गत सम्मानपत्रसहित अमेरेकी डलर् १,००१ नगद प्रदान गरिनेछ भनेअन्य छ
जना सर्जकहरूलाई जनही अमेरिकी डलर ५०० नगदसहित सम्मानपत्र प्रदान गरिने संघका अध्यक्ष डाङ हरि उप्रेतीले जानकारी दिएका छन्।
