मासिक कथावाचन कार्यक्रमको सत्रौं शृङ्खला सम्पन्न

मुख्य समाचार

२३ फागुन २०८१, काठमाडौं

वि.स. २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको दशकदशकका कथावाचन कार्यक्रमको सत्रौं श्रृङ्खला सम्पन्न भएको छ ।
हरेक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर तीप्रति सम्मान प्रकट गर्दै कार्यक्रम आरम्भ गर्ने चलन अनुसार यस पटक दिवंगत स्रष्टा बोधविक्रम अधिकारीको ‘बाबुछोराको गन्थन’ शीर्षकको कथा शुकदेव उपाध्यायले वाचन गरेका थिए । सो कथा “शारदा”को वर्ष १ संख्या ८ (विसं १९९२)मा प्रकाशित भएको थियो ।
कार्यक्रममा २०२० को दशकका कथा अन्तर्गत कथाकार हरि अधिकारीले ‘रामलालको आकाश’, २०४०को दशकमा प्रकाशित कथा अन्तर्गत योगेन्द्र तिमिल्सिनाले ‘दिग्भ्रम’,२०५० को दशकमा प्रकाशित कथा अन्तर्गत मन्दिरा मधुश्रीले ‘मासुको तिर्सना’,२०६० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार रासाले ‘आर्तनादः एउटा कोलाज कथा’, २०७० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार प्रमोद सारंगले ‘अन्धकारमा हुरी चलेको सडक’ कथा वाचन गरेका थिए ।
त्यसपछि अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेका थिए तथा अर्का परिकल्पनाकार पुष्कर लोहनीले कथाकारहरू र कथाका पारखीहरूको माया निरन्तर पाउँदै आएकोमा सन्तुष्टि व्यक्त गरे ।
सो कार्यक्रम कथा विधाकी अनुसन्धानकर्ता समिना खनाल पृथाले संचालन गरेकी थिइन् ।

०००

Leave a Reply