५ फागुन २०८१ फागुन , काठमाडौं ।
साहित्यिक पत्रकार संघले गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा लिखित सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर रहेको गीत “सपनीमा नआऊ तिमी “लोकार्पण कार्यक्रमको आयोजना ग-यो ।
प्रमुख आति प्रा. डा. सुरेन्द्र के. सी.ले उक्त गीतको यूट्यूव संस्करणको प्ले बटन थिचेर लोकार्पण गरे ।
लोकार्पणपछि सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले गीतकारले लेखेका शब्दहरूलाई सङ्गीतकार र गायकले मूर्त बनाउने काम गर्ने बताए ।
कार्यक्रममा उपस्थित साहित्यकारहरू किशोर पहाडी, ठाकुर शर्मा भण्डारी र युवराज मैनालीले लोकार्पित गीत सुनेर आ-आफूलाई परेको प्रभाव बारे प्रतिक्रिया व्यक्त गरे ।
कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले सुभाषचन्द्र पौडेलले मनमुटुबाट गीत लेखेको वताए ।
हाल अस्ट्रेलियामा रहेका गीतकार ‘भीमफेदीया’ले प्रविधिमार्फत् यसरी आफ्नो अनुपस्थितिमा पनि गीत लोकार्पित भएकोमा खुशी व्यक्त गरे ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रम मुरारि सिग्देलद्वारा सञ्चालन भएको थियो ।
