१४ भदौ २०८२, काठमाडौं
भोटु परिवार काठमाडौं उपत्यका,दाजुभाइ बचत कोष परिवारद्वारा आयोजित एक कार्यक्रममा कृष्ण प्रधान र नारायणकुमार प्रधानद्वारा लिखित’भोटु वंशावली कैरन’को लोकार्पण भएको छ। पुस्तकको लोकार्पण हाडा बिजुकछेँ आगम समितिका अध्यक्ष नरेन्द्र भक्त हाडा लगायत मञ्चासीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा भएको हो।
नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक कृष्ण प्रधान एक कवि तथा समालोचक हुन् भने उनको आफ्नै भतिजा नारायणकुमार श्रेष्ठ पेशाले एक इन्जिनियर हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व नरेन्द्र भक्त हाडाले पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय प्राप्त गर्दा नेवार समुदाय र हाडा परिवारहरू विविध कारणले आफ्नो थातथलो छाडेर जानुपरेको इतिहासको चर्चा गरेका थिए।साथै,उनले आफ्नो भाषा र पहिचानका लागि नेवार समुदाय आन्दोलनमा होमिनु परेको यथार्थ पनि खुलाए।
कार्यक्रममा साहित्यकारहरू रामप्रसाद पन्त तथा ठाकुर शर्मा भण्डारी,समितिका सचिव सुदीप हाडा र दीपनारायण श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।
साहित्यकार ठाकुर शर्मा भण्डारीले पुस्तक प्रकाशन बारे चर्चा गर्दै लेखकद्वयको अथक परिश्रमको प्रशंसा पनि गरेका थिए।साथै,उनले हाडा र प्रधान वंशको पहिचानको रूपमा रहेको यस पुस्तकबाट समुदायको रीतिरिवाज,कुल, धर्म,पूजा र परम्परा बारे विस्तृत अध्ययन गर्नमा सघाउ पुग्ने बताए।
भोटु परिवार काठमाडौं उपत्यका,दाजुभाइ बचत कोषका संयोजक कृष्ण प्रधानको सभापतित्वमा
वंशावलीमा ५०० भन्दा बढीको नाम उल्लेख रहेको र बिहे गरेर गएका चेलीबेटी तथा बुहारी अनि ज्वाइँहरूको नाम समेत उल्लेख गरिएको बताइएको छ।२०८२ असारसम्ममा जन्मिएका बालबच्चाको नाम समेतको समावेश रहेको उक्त वंशावलीमा बसाइँसराइ कुल,परम्परा,रीतिरिवाज र गुठी पूजा समेत प्रष्ट पारिएको भनिएको छ। भक्तपुरबाट भोजपुर हुँदै पाँचथर पुगेका हाडा र श्रेष्ठहरू बसाइँसराइका क्रममा पाँचथर पुग्दा प्रधान हुन पुगेका कुरा पनि वंशावलीमा उल्लेख गरिएको पाइन्छ।लोकार्पण भएको पुस्तक संशोधित तथा परिमार्जित वंशावली हो।
मन्तव्यका क्रममा साहित्यकार रामप्रसाद पन्तले साहित्यिक विधा बाहेकको यस पुस्तकको लोकार्पण आफैँमा एउटा उपलब्धि भएको बताउँदै इतिहासको कालखण्डमा यसको छुट्टै महत्त्व रहने बताए।
सचिव सुदीप हाडाले हाडा वंशजको इतिहासका बारेमा चर्चा गर्दै हाडाहरूको योगदानको संक्षेपमा प्रकाश पारेका थिए।
कार्यक्रममा पुस्तक लेखक नारायणकुमार प्रधानले स्वागत मन्तव्य राखेका थिए।
सभापतिको आसनबाट बोल्दै पुस्तक लेखक कृष्ण प्रधानले भद्रसिंह भोटुका सन्तानको पाँचौँ पुस्ता आज एकै ठाउँमा उपस्थित भएकोमा खुसी लागेको बताए।२०५५ सालमा पहिलो वंशावली निस्केपछिको यो संशोधित तथा परिमार्जित
दोस्रो वंशावली तयार गर्न सत्ताइस वर्ष लागेको पनि उनले बताए।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’को सहयोगमा)
