“सावर्णी”लाई सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार

मुख्य समाचार

५ अगस्त २०२५, लण्डन

पहिलोपल्ट प्रदान गर्न लागिएको “सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारका लागि “सावर्णी” उपन्यास छनौट भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा प्रदान गरिने सो पुरस्कार यसै बर्ष स्थापना गरिएको थियो र यसअघि पुरस्कारका लागि १० कृति छनौट भएका थिए, तिनै कृतिमध्येबाट “सावर्णी” छनौट भएको हो ।
पुरस्कार समितिका संयोजक डा.रुपक श्रेष्ठ हस्ताक्षरित प्रेस विज्ञप्तिका अनुसार यो पुरस्कारको निर्णय निर्णायक समितिद्वारा सर्वसमितिले छनौट गरिएको हो ।
यस पुरस्कारको राशी ५०१ स्टर्लिङ पौण्ड रहेको छ ।

०००