४ असार २०८२, झापा
अर्जुनधारा नगरपालिकाले हरेक बर्ष नगद १,०१,०००/- सहित प्रदान गर्दै आएको ‘दीर्घ साहित्य सेवा पुरस्कार- २०८१’ बाट साहित्यकार कृष्ण बराल सम्मानित हुने भएका छन् ।
सो पुरस्कार ६ असार शुक्रवार प्रदान गरिने जानइएको छ ।
सो समारोहमा “नगर विकासमा साहित्यको भूमिका” विषयमा ३ जना बक्ताहरू गणेश निरौला, मिश्र बैजयन्ती तथा प्रकाश थाम्सुहाङले वोल्नेछन् र त्यसको सहजिकरण दीपिन राइले गर्नेछन् ।
त्यस्तै सो समारोहमा कविता तथा गजल वाचन समेत हुनेछ जसमा केशव आचार्य, मुनाराज शर्मा, तंक विकल्प, पुण्य वराल, विवस वलिभद्र कोइराला, अभागी थेगुवा, सुन्तर कुरुप, विराट किराती, लीला अनमोल, राजकुमार सुब्बा, मायामितु न्यौपाने, केशवराज पौडेल, सेलिङ के.सी., पदम निरौला तथा दीपक ढुङ्गाना सहभागी हुनेछन् ।
