“सावर्णि” उपन्यासलाई अठसट्टठी हजारको तानसेन उत्कृष्ट कृति पुरस्कार

समाचार

१ असार २०८२, तानसेन

तानसेन नगर प्रज्ञा प्रतिष्ठानले डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’लाई ६८ हजार नगदको उत्कृष्ट कृति पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कार प्रतिष्ठानका अध्यक्ष साहित्यकारचोलेश्वर शर्मा र तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले एक भव्य समारोहमा प्रदान गरेका थिए ।
लुम्बिनी प्रदेशका लेखकद्वारा २०८१ सालभित्र प्रकाशित भएका साहित्यका बिबिध कृतिमध्ये उत्कृष्ट एकलाई सम्मान गर्ने उद्देश्यले यसै वर्षदेखि प्रदेशस्तरीय उत्कृष्ट कृति पुरस्कार दिने घोषणा सँगै कृति आह्वान गरिएकोमा प्राप्त भएका १७ वटा पुस्तकमध्ये निर्णायक समितिद्वारा डा. श्रीधर खनालको उपन्यास सावर्णिलाई सर्वोकृष्ट ठहर गरेको थियो ।
ए.आई. र मानव भविष्यको विषयलाई लिएर रचिएको सावर्णि उपन्यास नेपालकै पहिलो रोबोटिक्स साइन्स फिक्सनको रुपमा लिइएको छ ।

०००