नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको टोली कोलकातामा

मुख्य समाचार

२१ जुलाई २०२३, कलकत्ता

 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई “नेपाल जनकल्याण समिति” को आयोजनामा मनाइन लागेको २१०औं भानु जयन्ति मनाउन कलकत्ता पुगेका छन् । कुलपति राई मधुसुदन गिरी र रविन्द्र तिमसिनाको टोलीको नेतृत्व गर्दै गएका हुन् ।

भानु जयन्ती कार्यक्रम २२ जुलाईका दिन शनिवर हावडा दान , शरत सदनमा साँझ ५ देखि ९ बजेसम्म आयोजना गरिंदैछ ।

नेपाल जनकल्याण समितिका अध्यक्ष बद्री बिक्रम थापाले विश्वपरिकरमासँग कुरा गर्दै कुलपति राईको टोली भानु जयन्तीका लागि निम्तो स्वीकार गरेर आएकोमा खुशी ब्यक्त गरे ।

Leave a Reply