अर्चना र विभोरका गजलसङ्ग्रह विमोचित

७ भदौ २०८२, काठमाडौं अनाम मण्डलीको आयोजनामा युवाकवि मोतीराम भट्टको १६० औँ जन्मजयन्तीको अवसर पारेर सप्रेम अर्चनाको’मनले अब पङ्ख उचालिसक्यो’ र विभोर बरालको’मनभित्र ब्रम्हाण्ड छ’ गजलसङ्ग्रहहरू विमोचन गरिएका छन्। कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यिक पत्रकार तथा वरिष्ठ लेखक रोचक घिमिरेले नेपाली गजलको उत्थान र प्रबर्द्धन गर्ने मोती मण्डलीको चर्चा गर्दै युवा दम्पती सप्रेम अर्चना र […]

Continue Reading

जयपृथ्वीबहादुर सिंह जयन्तीमा सर्जकहरू सम्मानित

७ भदौ २०८२, काठमाडौं नेपाल बालसाहित्य समाज(नेबासास)ले जयपृथ्वीबहादुर सिंहको १४९ औं जन्मजयन्तीका अवसरमा सर्जकहरुलाई सम्मान गरेको छ । जयपृथ्वी बालकला पुरस्कार २०८१ बालिका कल्पना विष्ट तथा जयपृथ्वी बालकला लेखक पुरस्कार २०८१ बालिका अनुभूति बुढा मगर बाल कथासंग्रह बन्द कोठाका लागि बालिका अवानी खड्का सम्मानित भएकी थिइन् । नेबासास जयपृथ्वी सम्मान २०८१ बाट डा. शैलेन्दुप्रकाश नेपाल, […]

Continue Reading

सुनकोशी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा छविरमण सिलवाल

६ भदौ २०८२, काठमाडौं सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारणले छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्य समितिमा रामसुन्दर देउजा उपाध्यक्ष,प्रदीप सापकोटा महासचिव,तारा केसी कोषाध्यक्ष र सदस्यहरुमा क्रमशःपूर्णबहादुर श्रेष्ठ,शुभद्रा अधिकारी र वसन्तराम नकर्मी सर्वसम्मत चयन भएका छन् । सभाका प्रमुख अतिथि प्रा.डा.लक्ष्मणप्रसाद गौतमले पानसमा द्धीप प्रज्वलन गरी सभाको उद्घाटन गर्दै उद्घाटित सो […]

Continue Reading

लालबन्दी नगर वाङमय परिषद् भाषा तथा साहित्य पुरस्कारका लागि दस पुस्तक छानिए

७ भदौ २०८२, लालवन्दी लालबन्दी नगर वाङमय परिषद्ले प्रदान गर्ने “लालबन्दी नगर वाङमय परिषद् भाषा तथा साहित्य पुरस्कार” का लागि १० कृतिको छनौट गरी सो को सूचि एक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । ५० हजार राशीको सो पुरस्कारका लागि प्राप्त १२२ कृतिमध्ये “स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार तथा सम्मान छनोट सिफारिस समितिले सिफारिस गरेबमोजिम ” […]

Continue Reading

सिंहको मीत (लघुकथा)

दिव्य गिरी जङ्गलको राजा सिंहसँग छट्टु स्यालले मीत लगाएपछि स्यालले आफूलाई नै सिंह ठान्न थालेथ्यो। उता सिंह पनि आफूलाई स्यालजत्तिकै चतुर सम्झिन्थ्यो । जङ्गलका अन्य जनावरहरू सिंह र स्यालको मितेरी साइनोबाट अनभिज्ञ थिए । यति चाहिँ सत्य थियो कि उनीहरू सिंह र स्याल दुबैदेखि होशियार थिए । एकदिनको घटना हो, सिंह जङ्गलमा आहाराको खोजीमा लुखुरलुखुर […]

Continue Reading

मदन पुरस्कार “उरमाल” लाई र जगदम्बाश्री पुरस्कार प्रेमदेव गिरीलाई

६ भदौ २०८२, काठमाडौं विसं २०८१ सालको मदन पुरस्कार छुदेन काविमो लिखित उपन्यास “उरमाल” लाई प्रदान गरिने भएको छ । विसं २०१३ सालमा पहिलोपल्ट पुरस्कृत गर्दा ४ हजार राशीको यो पुरस्कार हाल ४ लाख राशी रहेको छ । “उरमाल” छुदेन काविमोको दोश्रो उपन्यास हो । यसअघि उनको “फातसुङ” उपन्यास प्रकाशित हुँदाखेरि देखि नै उनको लेखन […]

Continue Reading

भ-याङ (कविता)

डा. गोबिन्दसिंह रावत (गोविन्द सीह रावत कवि हुन् । कथाकार हुन् । समीक्षक हुन् । नाटककार हुन् । तर उनको कविता बलवान् छ र तिनले काव्योक निष्ठा कायम राख्छन् । “मेरो कविताःमेरो रोजाई” अन्तर्गत उनको कविता प्रस्तुत छ।) माथि उक्लनका लागि भ-याङ तल ओर्लनका लागि मानिसको जीवनसँग गाँसिएको झै लाग्छ भ-याङ जीउनुको पर्यायवाची बनेर कतिलाई […]

Continue Reading

कविडाँडा आख्यान पुरस्कार “हिउँको गीत” लाई

५ भाद्र २०८२, चितवन वि.सं. २०८१ सालको कविडाँडा आख्यान पुरस्कार तीर्थ गुरुङ्गको “हिउँको गीत” लाई प्रदान गरिने निर्णय भएको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी.क्षेत्री हस्ताक्षरित प्रेस विजञप्ति अनुसार “आख्यानकार तीर्थ गुरुङको यस उपन्यासले जादूवी यथार्थवादको प्रयोग गरी, सम्मोहक आख्यनशिल्पका साथ नेपथ्यमा परेको गुरुङ समुदायको अविछिन्न सामाजिक–सांस्कृतिक प्रवाहलाई पाठकसामु ल्याएर ध्यान नपुगेको एउटा महत्त्वपूर्ण […]

Continue Reading

लालित्य सिर्जना समाजको प्रथम वार्षिकोत्सब सम्पन्न

४ भदौ २०८१, काठमाडौं लालित्य सिर्जना समाज,महालक्ष्मी नगरपालिका-४ इमाडोल,ललितपुरको प्रथम वार्षिकोत्सब सम्पन्न भएको छ। सो कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूलाई लोक गीतगायक रत्न बेहोसी,लोकगीत गायिका तीर्थकुमारी थापा,नाटककार मनहरि भण्डारी,साहित्यकार धर्मनिभा बज्राचार्य,हस्तकला कलाकार तथा प्रशिक्षक चिरीमाया महर्जन,साहित्यकार श्रीराम पौडेल,सगरमाथा आरोही कल्पना महर्जन,महालक्ष्मी नगरपालिका तथा समाजसेवीद्वय इन्द्रकुमार श्रेष्ठ एवम् श्रीमती विष्णु श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रमका […]

Continue Reading

मासिक कथावाचनको बाइसौं शृङ्खला सम्पन्न

३० साउन २०८२, काठमाडौं २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार गरिँदै आएको नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गतको मासिक कथा वाचन कार्यक्रमको बाइसौं श्रृङ्खला सम्पन्न भएको छ । सदा झैं दिवंगत कथाकारहरूप्रति सम्मानस्वरूप एक जनाको प्रकाशित कथा वाचन गरेर शुरू गरिने परम्परा अनुसार दिवंगत स्रष्टा एम.लक्ष्मीको ‘रोदन’ शीर्षकको कथा कवि प्रह्लाद पोख्रेलले वाचन गरे । […]

Continue Reading