कवि मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न

२९ जेठ २०८२,काठमाडौं । महिला साहित्य समूहको आयोजनामा साहित्यकार मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न भयो । कार्यक्रममा कवि मीना श्रेष्ठले आफ्ना १५ थान कविता वाचन गरेकी थिइन् । साथै साहित्यकारहरू मन्जिला अनिल, शान्ति पौडेल, सृजना शर्मा, निर्मला फुँयाल, उषा शेरचन, रिता खत्री लगायतले कवि श्रेष्ठको कविता वाचन गरेका थिए । कार्यक्रमको सुरुमा साहित्यकार डा. […]

Continue Reading

डोरबहादुर विष्ट 

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ डोरबहादुर विष्ट )  डोरबहादुर विष्टलाई चिन्दिनँ म तर नेपालका ख्यातिप्राप्त कपितय बुद्धिजीवीलाई जसरी उहाँहरूका कृतिमा चिन्छु, विष्टज्यूलाई पनि त्यसरी नै चिन्छु एकतर्फी । केशरबहादुर विष्टलाई पनि म […]

Continue Reading

महेशविक्रम शाह

नकुल सिलवाल    (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ महेशविक्रम शाह।)    आई. एससी. को विद्यार्थी हुँदा ललिजन रावलले आफ्ना सहपाठी महेशविक्रम शाहलाई मकहाँ लिएर आएका हुन् बीस वर्षअघि । हो, बीस वर्षपछि मेरो […]

Continue Reading

गणेश रसिकको श्रद्धाञ्जली सभा सम्पन्न

२७ जेठ २०८२, काठमाडौं गत जेठ १८ गते ब्रम्हलीन गीतकार,सङ्गीतकार तथा साहित्यकार गणेश रसिकको १० औँ दिनको पुण्य तिथिका अवसरमा वासु शशि स्मृति परिषदले एक श्रद्धाञ्जली सभा आयोजना गरी रसिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो। सो श्रद्धाञ्जली सभामा बुलु मुकारुङ्ग,लोचन भट्टराई तथा राधेश्याम लेकालीले रसिकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुका साथै उनले सृजना गरेका गीत तथा […]

Continue Reading

कथासङ्ग्रह‘सत्यम्’को लोकार्पण

२४ जेठ २०८२, काठमाडौं । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’को नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचकद्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा लोकार्पण गरे ।कृतिको लोकार्पण कार्यक्रममा बोल्दै प्रा.डा.दयाराम श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ […]

Continue Reading

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार अर्पण

२३ जेठ २०८२, काठमाण्डौँ । विजय हितानको “लाहुरेको रेलिमाई” कृतिलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार विजय हितानलाई प्रदान गरे । प्रमुख अतिथि काइँलाले मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकोमा कृतिकार […]

Continue Reading

गणेश रसिकको निधन

१८ जेठ २०८२, काठमाडौं प्रसिद्ध नेपाली साहित्यकार, गायक एवम् सङ्गीतकार गणेश रसिकको १८ जेठ २०८२ का दिन निधन भयो । लामो समयदेखि प्रोष्टेट क्यान्सरसँग जुधिरहेका उनको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । नेपाली वाङ्मयमा कथाकार, उपन्यासकार तथा पछिल्लो समयमा समर्थ संस्मरण लेखकका रुपमा प्रतिष्ठित उनको अर्को सग्लो पाटो सङ्गीत र गायन […]

Continue Reading