मञ्जुलका दुई कविता

मञ्जुल १, दिनभरि कुदि रहने बाटो पनि   दिनभरि कुदि रहने बाटो पनि बेलुका आराम गर्दो रहेछ सँगै आएर बियर खान खोज्दो रहेछ गफ गर्न खोज्दो रहेछ दिनभरि कुदि रहने बाटो पनि बेलुका आएर सुत्न खोज्दो रहेछ, सपना देख्न खोज्दो रहेछ आराम गर्न खोज्दो रहेछ भोलि फेरि दगुर्नु पर्छ उसले मानिसले जस्तै यात्रालाई नै जीवन […]

Continue Reading

हेटौंडामा राष्ट्रिय युवा कविता उत्सव सम्पन्न

६ पुस २०८१, हेटौंडा प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा हेटौंडामा राष्ट्रिय युवा कविता उत्सव-२०८१ सम्पन्न भएको छ । सो उत्सवमा कास्कीका संगम संयोगको ‘सावधान’शिर्षक कविता प्रथम भइ ४० हजार, कास्कीका कवि सुदर्शन पौडेलको ‘घर नफर्किएको छोराको सम्झनामा’ कविता दोश्रा भई ३० हजार तथा उदयपुरका कवि सुमी पोखरेलको ‘समय दर्शक […]

Continue Reading

असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती; मेरो अनुभव

 नवीन पौड्याल, कालिम्पोङ यसपालि असम नेपाली साहित्य सभाको स्वर्ण जयन्तीको अवसरमा नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङको प्रतिनिधि टोलीमा सामेल भएर गएको थिएँ । असमको गोलाघाट जिल्लाको सरूपथार भन्ने ठाउँमा छ डिसेम्बरदेखि नौ डिसेम्बरसम्मको यो चारदिनव्यापी कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो। त्यहाँ पुग्न हामीलाई भने अवध असम रेलले दश घण्टा ढिलो गरी बिहान नौबजेतिर पुग्नु पर्ने ठाउँमा […]

Continue Reading

कालीप्रसाद रिजाल

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ कालीप्रसाद रिजाल” को परिचय।)  देख्न त मैले कालीप्रसाद रिजाललाई सूचना विभागको निर्देशकको कुर्सीमा नै देखेको हुँ । तर उहाँ समाज-कल्याणको सदस्यसचिव पदमा रहँदा शैलेन्द्र साकारज्यूले परिचय […]

Continue Reading

“प्रेमाश्रु” उपन्यास लोकार्पित

५ पुस २०८१, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले उपन्यासकार शिव प्रधानको “प्रेमाश्रु” उपन्यासको लोकार्पण कार्यक्रमको गर्‍यो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार शिव प्रधान लगायत मञ्चमा आसिन सबैले सामिहिक रुपमा सो उपन्यासको विमोचन गरेका थिए । लोकार्पित उपन्यास “प्रेमाश्रु” का बारेमा प्रा. डा.गोविन्दमान […]

Continue Reading

भोलि लेख्ने निबन्धको विषय (निबन्ध)

ज्ञानेन्द्र विवश भोलि लेख्ने निबन्धका लागि आज सोच्ने समय हो । नयाँ निबन्धमा लेख्ने नौलो विषय के हो र के होइन ? हतारको जिन्दगीका पाइलाहरू एकपछि अर्को फड्को मार्छन् । हतार नभए आरामले सुतेर खान कसैलाई पुग्दैन । हतार भएकोले केही न केही काम भएको छ । सडकमा हेर्छु– सबैलाई हतार छ । हतारमा दौडिरहेको […]

Continue Reading

मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे, नितान्त नवीन र सशक्त स्वर

गिरि राज पोख्रेल काव्यमीमांसकत्रय एउटा घतानी, प्रा.डा. कृष्णराज र अन्य दुईओटा गिरिगोविन्दामरबाट समालोचकीय वर्धनप्राप्त कवि डा. दामोदर पुडासैनी किशोर विरचित एउटा काव्यकृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे एउटा वैकृत श्रोतबाट- यद्यपि आवरणाभ्यन्तर पृष्ठमा प्रस्तुत प्रकरणकारको नाममा कवि-हस्ताक्षरयुक्त-  हस्तगत हुँदा र उही वैकृत-द्वैतीयिक-माध्यमिक श्रोतबाट पूर्वोदित काव्यकृतिमाथि केही लेखिदिने-बोलिदिने व्याजेन सङ्क्रमित आग्रहको निष्पत्ति हुनेछ प्रस्तुत प्रकरण । यहाँ […]

Continue Reading

कर्णालीको यात्रा र राउटेसँग जम्काभेट

तेजप्रकाश श्रेष्ठ “रोक्नुहोस् ! रोक्नुहोस् !” आवाजसँगै ढ्याक्क बस रोकियो । म यताउता हेर्न थालेँ । आकाश खुल्ला थियो, बाटो खुल्ला थियो । के व्यवधान आइ पुग्यो खै ? सह यात्रीहरूमा पनि अन्योल जमजमायो । किन रोकियो बस ? खुलदुली बटारियो । “राउटे ! राउटे !” बसभरि गुञ्जियो उत्सुकताका स्वर ! बसको झ्यालबाट बाहिर चियाएँ, […]

Continue Reading

श्रीओम एक कृयाशील साधक

लक्ष्मी उप्रेती हरेक मानिसको रुचि आ आफ्नो खालको हुन्छ। त्यहीँ रुचिका कारण कति मानिसहरू बौद्धिक चिन्तन नमन र मेहनत गरेर आफ्नो पहिचान आफै बनाउँछन् । उनीहरू कसैले छाप लगाएको पहिचान भन्दा अलग्गै र महत्त्वपूर्ण कोटीमा पर्छन् । कहीँ कसैको चासो नराखेर पनि आफ्नो विवेक सहि तरिकाले सम्बन्धित ठाउँमा छाड्छन् । कहि बोल्दा जुन कुरा ठीक […]

Continue Reading