मलाई पुरस्कारवैंशले कुत्कुत्याएको कुत्कुत्यायै छ

कृष्ण प्रधान, सिलिगुड़ी, भारत किशोर वा किशोरीको गालामाल जब शरीरको हर्मोन परिवर्तन हुन्छ त्यति बेला मुहारमा डण्डीफोरै डण्डीफोरको धलिमलि देखिन्छ । हर्मोन तन्नेरी भएपछि मेरो मुहारमा पनि डण्डीफोरको बजार नलागेको होइन । मेरो मुहारभरि डण्डीफोरै डण़्डीफोर देखेर मुमा भन्थिन् -मेरो छोरोलाई पनि वैंश आएछ । मनमनै भन्थेँ म त्यसताका, केको वैंश (?), यहाँ अनुहार बिग्रेर […]

Continue Reading

चन्द्र मादेनका दुई कृति बिमोचित

२५ साउन २०८१, काठमाडौं ताप्लेजुङका स्रष्टा चन्द्र मादेनका “आन्छनका कथाहरू” कथा सङग्रह र “माधुर्य सुशील तिम्रो बोली” गीतसङ्ग्रह काठमाडौंमा बिमोचन सम्पन्न भएको छ । कार्यक्रममा प्रगति राई तथा डा. तुलसी भट्टराईले बिमोचित कृतिको चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लगायत नन्दकुमार प्रसाईं, गोपीकृष्ण प्रसाईं,राजेन्द्र राई तथा डिल्लीजङ्ग मादेनले शुभकामना मन्तब्य प्रकट गरेका थिए । […]

Continue Reading

रमेश बिकलका समग्र कथा, उपन्यास र नाट्यकृतिहरु बिमोचित

२५ साउन २०८१, काठमाडौं रमेश विकल साहित्य प्रतिष्ठानको आयोजनामा रमेश बिकलका समग्र कथा, उपन्यास र नाट्यकृतिहरु बिमोचन कार्यक्रम सम्पन्न भएको छ । “रमेश विकलका समग्र कृति” का तीन खण्डमा कथा खण्ड, उपन्यास खण्ड तथा नाटक खण्ड रहेका छन् र विसं २०१६ सालदेखि २०७५ सालसम्मका रचनाहरु समावेश गरिएका छन् । यी कृतिहरुको बिमोचन प्रमुख अतिथि गोकर्णेश्वर […]

Continue Reading

ईलाममा सुमन पोखरेलको एकल काव्य साँझ सम्पन्न

२४ साउन २०८१, ईलाम कवि सुमन पोखरेलको एकल काव्य साँझ पूर्वी नेपालको सुन्दर नगर ईलाममा सम्पन्न भएको छ । नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न सो काब्य साँझ अमेरिकन कर्नर ईलामको सभाकक्ष ईलाम दरवारमा भएको थियो । सो कार्यक्रममा उनले एक दर्जन कविता प्रस्तुत गरेका थिए ।

Continue Reading

“कल्पतरु प्रज्ञा प्रतिष्ठान” दर्ता भयो

२४ साउन २०८१, काठमाडौं “कल्पतरु” पत्रिका नियमित प्रकाशित हुँदै आएकोमा सो पत्रिकाका प्रधान सम्पादक नवराज पुडासैनी “ज्योत्स्ना” को नेतृत्वमा “कल्पतरु प्रज्ञा प्रतिषठान” नामक संस्था गोकर्णेश्वर नगरपालिकामा सूचिकृत भएको छ । “साहित्यिक पत्रिकाको प्रकाशन लगायत नेपालभरि बिभिन्न साहित्यिक गतिबिधि गर्ने” उद्देश्यका साथ दर्ता भएको यस संस्थाको तदर्थ कार्य समितिको समेत गठन गरिएको छ जस अनुसार अध्यक्ष […]

Continue Reading

चक्रपाणी राष्ट्रब्यापि कथा प्रतियोगिता हुँदै

२४ साउन २०८१, काठमाडौं चक्रपाणि स्मारक प्रतिष्ठानले “राष्ट्रब्यापि कथा प्रतियोगिता-२०८१” गर्ने भएको छ । नेपाली भाषामा लेखिएको मौलिक वा अन्य भाषामा लेखिएको भए अप्रकाशित मौलिक १५०० देखि ५००० शब्दको कथालाई प्रतियोगितामा सामेल गराईने तथा प्रथम हुनेलाई ३० हजार, दोश्रो हुनेलाई २० हजार तथा तेश्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइने पनि जनाइएको छ । प्रतिष्ठानले […]

Continue Reading

साहित्यिक पत्रकार सङ्घले अभिनन्दन तथा सम्मान गर्दै

२४ साउन २०८१ साउन २४, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले ७ प्रतिभालाई “सापस विशिष्ट सर्जक सम्मान” तथा ३ प्रतिभालाई सापस विशेष सर्जक/ अभियन्ता सम्मान, सापस विशेष सिर्जना सम्मान तथा सापस प्रतिभा सम्मान प्रदान गर्ने निर्णय भएको एक प्रेस विज्ञप्तिमा जनाइएको छ । अभिनन्दित हुनेमा तेजेश्वरबाबु ग्वङ, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, वसुन्धरा भूषाल, रामबाबु […]

Continue Reading

अवसान

रामकुमार पण्डित ऊ हेर त मोनिटरमा; त्यहाँ जमिनबाट पाँच हजार मिटरमाथि हामी चढेको हेलिकप्टर उडिरहेको देखाइरहेको छ । यति उँचाइबाट फनफनी फन्को मारिरहेछ गाउँघरतिर । हेलिकप्टरभित्र पाइलट, एउटी सहयोगी, तिमी र म छौँ । ऊ हेर त्यो सानो गाउँ कति सुन्दर छ ! त्यो नागवेली भई बहेकी नदी, अलि माथिको हरियो जङ्गल, फाट्टफुट्ट देखिने साना […]

Continue Reading

भैरववहादुर थापा र दयाराम श्रेष्ठ पुरस्कृत

१८ साउन २०८१ काठमाडौं राजेन्द्र सुवेदी स्मृति समाजले राजेन्द्र सुवेदीको ८२औं जन्म जयन्तीका अवसरमा उनको नाममा स्थापित पुरस्कार प्रमुख अतिथि पूर्व प्रम झलनाथ खनालको हातबाट नृत्यकार भैरववहादुर थापा र प्रा.डा. दयाराम श्रेष्ठलाई पुरस्कृत ग-यो । सो पुरस्कारमा २१ हजार राशी रहेको छ । कार्यक्रममा डा. रमेश शुभेच्छुकले राजेन्द्र सुवेदीको व्यक्तित्व र कृतित्व बारे प्रकाश पारेका […]

Continue Reading

राजकुमार राईको ‘किवाहाङ’को जिरीमा चर्चा

  २३ साउन २०८१ काठमाडौं साहित्यकार राजकुमार राईको नवप्रकाशित उपन्यास ‘किवाहाङ’माथि जिरीमा परिचर्चा गरियो । कार्यक्रममा जिरी माविका पूर्वप्रधानाध्यापक टेकबहादुर जिरेलले उपन्यासका मुख्य पात्र नै ‘किवाहाङ’ रहेको बताए । ‘किवाहाङ अर्थात् बाघको राजा भनेर किरात भाषाबाट पात्रको नाम चयन गरिएको हो’, उनले भने । पुस्तक परिचर्चा तथा पुस्तकालय पुस्तक हस्तान्तरण कार्यक्रम केशवकुमार कार्कीको सभापतित्वमा सञ्चालित […]

Continue Reading