सापसको ५३औं स्थापना दिवसमा सम्पन्न

२९ साउन २०८१ साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवस एक बिशेष समारोहको आयोजना गरी मनायो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि के.के.कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सापसले घोषणा गरेका बिभिन्न पुरस्कार तथा सम्मान हस्तान्तरण गरिएको थियो । यसअघि घोषणा गरिएका प्रतिभाहरुमध्ये कार्यक्रममा उपस्थित रोचक घिमिरे,कालीप्रसाद रिजाल,भागीरथी श्रेष्ठ,रामबाबु सुवेदी र कलाकार […]

Continue Reading

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको अभिनन्दन हुँदै

२९ साउन २०८१ वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको आगामि ३ भदौ २०८१ का दिन नेपाल स्रष्टा समाजको आयोजना तथा भैरव पुरस्कार गुठीको सहआयोजनामा बृहत् अभिनन्दन हुने भएको छ । सो अवसरमा “रोचक रचना” अभिनन्दन ग्रन्थको समेत लोकार्पण हुनेछ । लामो समयदेखि रचना साहित्यिक पत्रिकाको प्रकाशन गरेर योगदान पु-याएका तथा संस्मरणात्मक पुस्तकहरुको लेखन गरेका […]

Continue Reading

चकटी बहसमा “जीवनको अभिनन्दन”

२९ साउन २०८१, काठमाडौं बुकाहोलिक्स समूहले नियमित गर्ने गरेको चकटी बहसमा ज्ञानु पाण्डेको निबन्ध सङ्ग्रह “जीवनको अभिनन्दन” को चर्चा हुने भएको छ । आगामि शुक्रवार ३२ साउनका दिन मार्टिन चौतारीमा हुने सो बहसमा राजकुमार बानियाँ र प्रमोद प्रधानले बक्ताको रुपमा भाग लिनेछन् र लेखिका ज्ञानु पाण्डेले आफ्नो लेखकीय धारणा र बहसमा उठेका प्रश्नहरुको जवाफ दिनेछिन् […]

Continue Reading

पठन अनुभूतिः “वैकुण्ठ एक्सप्रेस”

प्रविण ढुङ्गेल एउटा अद्भुत, फरक अनि विचित्र मार्काको नाट्य-शिल्प लागेको हो मोहनराज शर्माको वैकुण्ठ एक्सप्रेस नाटक पढ्दा । श्याम ब्यङ्ग्य, प्रयोगवादी कथा लेखन शैली अनि स्वैर-काल्पनिकताको मिठो मिश्रण भएको नाटक हो यो। वि.सं. २०४२ सालमा प्रकाशित उनको यस कृतिले २०४२ सालमै मदन पुरस्कार प्राप्त गरेको थियो। किताब खोज्न पनि खुब पापड पेल्न परेको थियो यो। […]

Continue Reading

२६ लघुकथा सङ्ग्रह एकसाथ बिमोचन हुँदै

२७ साउन २०८१, काठमाडौं नेपाली साहित्यमा अत्यन्त उर्वर देखिएको कथाको एक रुप लघुकथाको २६ पुस्तकहरु एकसाथ ३ भदौ २०८१ का दिन काठमाडौंमा विमोचन हुने भएको छ । ती २६ लघुकथा सङ्ग्रहका स्रष्टाहरुमा अम्बिका दाहाल, अन्जु शर्मा, भाभा शर्मा नेपाल, विश्वराज अधिकारी, छविलाल खड्का मगर, गरिमा बस्नेत, हरिप्रसाद भण्डारी, गोपाल सङ्ग्रौला, हिरण्य कुमारी पाठक, कपिल लामिछाने, […]

Continue Reading

छाडिएको गाउँ

गणेश श्रमण घर , परिवार श्रीमती , छोराछोरी गृहस्थीको जिम्मेवारी जागिर सबै सबै छोड्यो तर आफैंलाई छाड्न सकेन र आफ्नै शरीरलाई लिएर हिड्यो ऊ खुरुखुरु पहिलो रात कुनै प्रतिक्षालयमा काट्यो बिहान उठ्यो, अब के गर्ने ! सर्टको गोजी छाम्यो सुर्ती त्यही रहेछ सुर्तीको खोल हे-यो क्यान्सरले ग्रस्त गाला र गिजाको बिरुप फोटो राखिएको रातो कलरको […]

Continue Reading

किरण आचार्यको ‘अहिल्या’ विमोचित

२६ साउन २०८१, काठमाडौं साहित्यिक पत्रकार सङ्घको आयोजनामा उपन्यासकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास’अहिल्या’ को विमोचन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जयराज अवस्थि, सभाध्यक्ष राधेश्याम लेकाली, लेझिका तथा मञ्चासिन सबैले सो पुस्तकको सामुहिक विमोचन गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जयराज अवस्तीले आफ्नो मन्तव्य व्यक्त गर्दै नेपालगञ्ज जस्तो ठाउँमा बसेर […]

Continue Reading

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको नयाँ कार्य समिति

२६ साउन २०८१, कोहलपुर हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको साधारण सभाले पुष्कर रिजालको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा खोपिराम ओली र देवकी निरौला, सचिवमा केशव निमेश, सहचिवमा प्रकाश मरासिनी, कोषाध्यक्ष मणि गैरे, र कार्य समितिका सदस्यहरुमा बिमला खत्री, चन्द्रावती अधिकारी, गणेश पौडेल, लक्ष्मण मानव तता लीला के.सी. रहेका छन् । […]

Continue Reading

गजल

वियोगी बुढाथोकी बिहानको पहिलो मुस्कान यारको थियो भुल्नै नसक्ने खालको अमूल्य प्यारको थियो दिनभरको याद भइ रातको सपनामा डुल्ने हाम्रा दुई अनमोल आँखा चारको थियो ‘ नसुनाउनु प्यास मधुशालाको कथा फेरि त्यो जीवनले बोक्न असमर्थ भारको थियो तिमीसँग अलग राख्ने कपटी ईर्ष्यालु चाल शङ्कालु खबर ल्याउने तारको थियो घाइते भो समय सम्झनाको गोली लाग्यो सायद […]

Continue Reading

१५ प्रतिभालाई जनमत सम्मानको घोषणा

२६ साउन २०८१, काठमाडौं जनमत वाङ्मय प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको बिभिन्न १५ सम्मानहरुको घोषणा गरेको छ । विसं २०८० का यी सम्मानहरुमा दीपा–जनमत सम्मान आकाश अधिकारी (तनहुँ) लाई, गणेश– खिलकुमारी दुवाल–जनमत सम्मान किशोर पहाडी (काठमाडौं) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ) लाई, जनमत–जनक प्रधान सेवा सम्मान विनोदराज शर्मा (भक्तपुर) लाई, […]

Continue Reading