नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

२० पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । समाजको १७ औँ स्थापना दिवसको अवसरमा पुस १३ गतेदेखि १९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको अन्तिम दिन समीक्षा बैठक गरेर समापन भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सात दिनसम्म निरन्तर कार्यक्रम […]

Continue Reading

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार तथा सहयोग प्रदान गरिने

२० पुष २०८०, काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानले नीजि क्षेत्रबाट प्रकाशित भइरहेका र साहित्यिक पत्रकारितामा ईतिहास बनाएका नेपाली भाषाको साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक रोचक घिमिरेलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार”थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालदेखि सम्पादनमा सम्बध्द रुक्मिनी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ […]

Continue Reading

यो मन त्यो मन

इन्द्रकुमार श्रेष्ठ सरित् म म नै हुँ कसैको प्रतिलिपि हैन मलाई बिर्सिजानेहरुसँग पनि मेरो गुनासो छैन मनमा कुँदिएको शीलालेख हो मेरो माया असिना र पानीले सक्ने छैनन् मेट्न इच्छा लागेजति लिन सक्छ्यौ परीक्षा म बाहेक तिम्रो प्रेममा अरु कोही उत्तीर्ण हुने छैन । जिन्दगीले जिन्दगीलाई नै थिलथिलो बनायो त के भयो? माया बस्ने मनलाई मैले […]

Continue Reading

“बालसाहित्यको वैश्विक गति : परिवर्तन र प्रगति” विषयक गोष्ठी सम्पन्न

 १९ पुस २०८०, काठमाडौं नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा बालसाहित्य लेखनका क्षेत्रमा विश्वमा आइरहेको नयाँ प्रवृत्तिका बारेमा विस्तृत चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा “बालसाहित्यको वैश्विक गति : परिवर्तन र प्रगति” शीर्षकको गोष्ठीपत्र प्रस्तुत गर्दै समालोचक महेश पौड्यालले आज हिजोका औपदेशिक र धार्मिक विषयभन्दा फरक धारमा बालसाहित्य लेखिन थालेको बताउँदै उनले […]

Continue Reading

पाठ्यक्रमका स्रष्टासँग विद्यार्थी

१८ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजले आफ्नो सप्ताह व्यापि कार्यक्रम अन्तरगत छैठौं दिन अरुणिमा शैक्षिक प्रतिष्ठानको सहकार्यमा स्रष्टा –विद्यार्थी अन्तरसंवाद कार्यक्रम अरुणिमा मावि बौद्धमा सम्पन्न गर्यो । अन्तरसंवादमा विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु सहभागी थिए । पाठ्यक्रमका रचनाकार कथाकार भागीरथी श्रेष्ठ, गीतकार दिनेश अधिकारी र नियात्राकार राजेन्द्रमान डंगोल सहभागी रहेका थिए । […]

Continue Reading

अनेसासले स्थापना दिवस मनाउने

३ जनवरी २०२४, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले आगामि ११ जनवरी शनिवार अनेसास जन्मदाताहरुको सम्मान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने भएको छ । यो दिवस भौतिक रुपमा नभै जूमको माध्यमले हुने भएको छ । मितिः ११ जनवरी २०२४ अर्थात् २६ पुस २०८० समयः अमेरिकी पूर्विय समय विहान ९ बजे अर्थात् नेपाली […]

Continue Reading

म मेरै सहेली

शीतल कादम्बिनी मनैभित्र फुल्छन् चमेली र बेली म आफन्त मेरो म मेरै सहेली शरच्चन्द्रका झैं खुलेको छ आशा छु मान्छे म यौटा हजारौं तमासा पराया भयो आफ्नु आफै पराई हरे मार्छ मेरै अभिप्सा मलाई बिना प्यास खोज्दै छ पानी पँधेरी भयो चित्त मेरो अचम्मै अटेरी कसैले नबुझ्ने अनौठो पहेली म आफन्त मेरो म मेरै सहेली […]

Continue Reading

भोजपुरे सम्मान र पुरस्कार हिरण्य र करुणालाई

२ जनवरी २०२४, लण्डन भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले दुई-दुई वर्षमा प्रदान गर्दै आएको प्रतिभा सम्मान ख्यातिप्राप्त साहित्यकार तथा गायक हिरण्यभोजपुरेलाई तथा प्रतिभा पुरस्कार कवयित्री करुणा राईलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले जनाए अनुसार सम्मानका साथ १५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै प्रतिभा पुरस्कारमा ३५ हजार रुपैयाँ हुनेछ । प्रतिष्ठानले प्रतिभा सम्मान पूर्णप्रकाश यात्री, […]

Continue Reading

गणेश रसिक र प्रदीप मेन्याङ्बोलाई बेलायती प्रतिभा सम्मान र पुरस्कार

३ जनवरी २०२४, लण्डन नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले साहित्य तथा सङ्गीतका प्रसिद्ध हस्ती गणेश रसिकलाई प्रतिभा सम्मान तथा मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई प्रतिभा पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । संस्थाको हालै बेलायतमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यो प्रतिष्ठान सन् २००८ मा बेलायतमा स्थापित भएको हो । हालसम्म ईश्वर […]

Continue Reading

साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न

१७ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्तााहव्यापी कार्यक्रमअन्तर्गतको पाँचौ दिन नेपाल प्रेस काउन्सिलको आयोजन तथा नेपाल स्रष्टा समाजको संयोजनमा साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न भएको छ । प्रेस काउन्सिलको सभाकक्षमा सम्पन्न गोष्ठीमा उपत्यकाबाट प्रकाशित हुने साहित्यिक पत्रिका र अनलाइनका वहुसङ्ख्यक साहित्यिक पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त […]

Continue Reading