भैरव अर्याल स्मृति दिवस, तीन स्रष्टा पुरस्कृत तथा पुस्तक विमोचन

१९ असोज २०८०, काठमाडौं भैरव पुरस्कार गुठीद्वारा भैरव स्मृति भवनको सभाकक्ष जोरपाटीमा आयोजित समारोहमा भैरव वाङ्गमय पुरस्कार २०८० बाट प्रा.डा.अभि सुवेदी,भैरव पुरस्कार २०८० बाट मुन पौडेल तथा भैरव प्रतिभा पुरस्कार २०८० बाट बद्रीप्रसाद दाहाल भष्मासुरलाई सम्मान गरियो । गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यमा […]

Continue Reading

‘धरतीका यमराज’ को विमोचन सम्पन्न

१५ असोज २०८०, काठमाडौँ, स्वदेश प्रकाशनका प्रमुख ऋषिराम पाण्डेको सभापतित्व र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा साहित्यकार सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’ को विमोचन सम्पन्न भएको छ । ७८ वर्षीय लघुकथाकार लम्सालको जन्मदिनको अवसर पारेर गरिएको कार्यक्रममा प्रमुखअतिथि घिमिरेले लामो समय साहित्य साधनामा लागेका लम्साल मोफसलमा बसेर पनि सिर्जनामा तल्लिन रहेको भन्दै निरन्तरताको […]

Continue Reading

पारिजात स्मृतिमा निनु, कात्यायनी र डिआर मनोनयन

१५ असोज २०८०, काठमाडौं पारिजात स्मृति केन्द्रको पहिलो बैठकले निनु चापागाईं, कात्यायनी र डिआर पोखरेललाई सल्लाहकारमा मनोनयन गरेको छ । निनु चापागाईं तथा डिआर पोखरेल पारिजातसँग नजिक रहेका साहित्यकार तथा समालोचक हुन् । कात्यायनी भने भारतीय लरखिका तथा साहित्यिक पत्रकार हुन् । केन्द्रको बैठक नव निर्वाचित मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Continue Reading

अनुवाद पुरस्कावाट डा.अभि सुवेदीलाई र गोकुल सिन्हा पुरस्कृत हुँदै

१५ असोज २०८० असोज, सिलगढी   युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा.अभि सुवेदीलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारमा नगद भारु एक्काइस हजार राशिसहित स्मृति चिन्ह रहेको छ । त्यसैगरी लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवं वरिष्ठ सर्जक डा.गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारमा […]

Continue Reading

मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको घोषणा

१४ असोज २०८०, काठमाडौं नेपाली साहित्यको सबैभन्दा चासोको मदन पुरस्कार तथा जगदम्बाश्री पुरस्कारको घोषणा भएको छ । विसं २०७९ को मदन पुरस्कार “ऐंठन” उपन्यासका लागि विवेक ओझालाई प्रदान गरिने घोषणा भएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार, “२०७९ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट श्री विवेक ओझाद्वारा लिखित ऐंठन पुस्तकलाई विगतमा नेपाल […]

Continue Reading

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श

 १३ असोज २०८०,  काठमाडौँ ।   नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागको अगुवाईमा अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा ‘अनुवाद विमर्श’ कार्यक्रम  आयोजना भयो। कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ‘अनुवाद कार्यलाई  प्रज्ञा-प्रतिष्ठानले उच्च प्राथमिकता दिने छ भन्ने कुरामा जोडदिए । प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपाल बहुभाषिक देश भएकाले नेपालका मातृभाषाबिच आपसी अनुवाद जरुरीरहेको बताए । प्रज्ञा-प्रतिष्ठानका […]

Continue Reading

साहित्यकारत्रय  कोइराला, अर्याल तथा घिमिरेको सम्झनामा कवि गोष्ठी

  ३० सेप्टेम्बर २०२३, डेन्भर कोलोराडो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाले नेपाली साहित्यका तीन मूर्धन्य साहित्यकारहरू विश्वेश्वरप्रसाद कोइराला, हास्यव्यंग्यकार भैरव अर्याल तथा राष्ट्रकवि माधव घिमिरेको सम्झनामा कवि गोष्ठी आयोजना गर्‍यो । जूमको माध्यमवाट गरिएको सोकार्यक्रममा साहित्यकार पुष्पराज पौडेलले तीनै जना स्रष्टाहरूमाथि रचना गरिएको छन्द कविताहरू प्रस्तुत गरेका थिए । अनेसास बोर्डअफ ट्रष्टिजका सभापति पदम […]

Continue Reading

साहित्य सदनको अध्यक्षमा डा. हेमनाथ पौडल निर्वाचित

१४ असोज २०८०, काठमाडौं साहित्य सदन नेपालको पाँचौँ साधारण सभाले प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा मित्रलाल पंज्ञानी, सचिवमा प्रह्लाद पोखरेल, सहसचिवमा कृष्ण सुवेदी , कोषाध्यक्षमा वसन्त रिजाल तथा कार्रकारी सदस्यहरुमा विमल अर्याल, सीता भट्टराई, नवराज चालिसे, मणिराज लामिछाने, डा.गीता त्रिपाठी, केशव सिलवाल, रमेश खनाल, त्रिलोचन आचार्य, माधवलाल श्रेष्ठ, श्याम खतिवडा, सुनीता बुढाथोकी […]

Continue Reading