आज १ साउन जनकविकेशरी धर्मराज थापाको ९९औं जन्मजयन्ती

१७ जुलाई २०२३, वाशिंटन डिसी   नेपाली वाङ्मयका जनकविकेशरी धर्राज थापाको जन्म आजैका दिन १ साउन १९८१ सालमा पोखराको बाटुले चौरमा भएको थियो । उनको पहिलो रचना विसं २००३ सालमा “पहाडी जीवन” प्रकाशित भएको थियो । विशेषतः लोकगीत सङ्कलन, गायनले उनलाई लोकप्रिय बनायो । उनले देशव्यापि भ्रमण गरेर नेपाली लोकगीतको भण्डारलाई पाठक श्रोतासमक्ष प्रस्तुत गरे […]

Continue Reading

धन्य छ धर्ती

खेम रिजाल, सिन्सिन्याटी ओहायो     उदाङ्गो भई आफैंमा एउटा युग फुलाई दियौ उभिएर प्रगति पथमा समयले गति लियौ स्नेह र ममता बोकी ल्यायौ गर्‍यौ ठुलो पुण्य फलाई दियौ बृक्षहरु रोपेर हरियाली धन्य ।   मुस्कुराउँछ प्रभात उचाली उच्च हिमाली शिर गाउँछे कोइली विरहका भाका हटाउँदै पिर छर्दै उज्यालो उमङ्गको बग्दछन् नदिका रेखी हर्षित हुन्छ मन, […]

Continue Reading

बाल्टिमोरमा ११०औं भानु जयन्ती सम्पन्न

१६ जुलाई २०२३, वाशिंटन डिसी   अनेसास मेरिल्याण्ड च्याप्टरको आयोजनामा वाल्टिमोर शहरमा ११० औं भानु जयन्ती मनाईयो । कार्यक्रमको शुरूमा प्रमुख अतिथि, कार्यक्रमका अध्यक्ष एवम् अतिथिहरूले आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्पार्पण गरेकाथिए । कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार गोविन्द गिरी प्रेरणाले आदिकवि भानुभक्तले नेपाली जगतलाई नेपाली भाषाको माध्यमलेएकताको सूत्रमा बांधेको वताए । कार्यक्रमका प्रमुख अतिथि मेरिल्याण्ड […]

Continue Reading

अनेसास पुरस्कारको घोषणाः सर्वोत्कृष्ट पुस्तक पुरस्कार रण फाफ्लेको “रैथाने”लाई

१५ जुलाई २०२३, वाशिंटन डिसी अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको ३१ औं वार्षिक उत्सव तथा २१० औं भानु जयन्ती जूमको माध्यमबाट सम्पन्न भयो । अनेसासका केन्द्रिय अध्यक्ष गोवर्धन पूजाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. ब्रतराज आचार्य थिए । सो कार्यक्रममा विभिन्न पदाधिकारीहरुको शुभकामना मन्तब्य, बार्षिक प्रतिवेदन प्रस्तुति तथा सो माथि छलफल हुनुका साथै विशेष […]

Continue Reading

“विश्वका राष्ट्रिय गान” विमोचन तथा “नेपाल वाङ्मय फाउन्डेसन” को उद्घाटन

३० असार २०८०, काठमाडौं   काठमाडौंमा एक भव्य समारोहवीच “विश्वका राष्ट्रिय गान” पुस्तकको लोकार्पण “नेपाल वाङ्मय फाउन्डेसन” को औपचारिक शुभारम्भ भएको छ । डेड वर्षअघि दर्ता भएको नेपाल वाङ्मय फाउण्डेसनका अध्यक्ष विप्लव ढकालको स्वागत भाषणबाट शुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि लगायत विभिन्न व्यक्तिहरुले सामुहिक रुपमा “विश्वका राष्ट्रिय गान” पुस्तकको सामुहिक रुपमा विमोचन गरेका थिए […]

Continue Reading

जिन्दगीमा

डा ऋषि बस्ताकोटी   यातना शिविरमा प्रतिकार गर्दागर्दै थाकेर थुचुक्क बस्नुअघिको आस्थाको वन्दीलाई जस्तै मलाई  अझै प्रहारहरू स्वीकार छन् , अन्तिम जित भेट्नुअघिसम्मका एक एक हारहरू स्वीकार छन् ।   जिन्दगीमा प्रहार आउँछन् र त तिनले सतीसाल झैँ उभिन सिकाउँछन्, हारहरूले हान्छन् र त तिनले जिन्दगीमा जित्न सिकाउँछन्, एकपछि अर्को जंघार आउँछन् र त जुक्तिले […]

Continue Reading

वाटर फाउन्टेन

डा. दामोदर पुडासैनी किशोर शान्त आँखाहरू बिस्कुनमा छन् म मौन आँखाहरू खोज्न आकाश यात्रामा हिडेको छु आवाज़ बर्षाउँदै उचाई लिए पनि कहिल्यै बिर्सनेछैन मलाई उभ्याउने हातहरूलाई सत्ताको मातमा कर्कस आवाज़ निकाल्नेहरू आवाज़हीन मान्छेहरूको दवाउँदैछन् आवाज़ म मौनता तोडेर सँगीतमय आवाज र लामो समयपछिको सुस्केरा निकालिरहेछु संसार भनेकै आकृति हो हलचल हो म मान्छेभित्रका मौन यन्त्रणा […]

Continue Reading

रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारको घोषणा

२९ असार २०८०, शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ नेपालगन्ज, बाँकेकी कल्पना खरेल  र तेमाल, काभ्रेपलान्चोककी भवानी पाण्डेलाई संयुक्त रूपमा समर्पण गर्ने भएको छ । पुरस्कृत प्रतिभा कल्पना खरेलको कलम विविध बिधामा चलेको छ । पछिल्लो समय उनी उपन्यास विधामा बढी समर्पित भएकी छिन् । उनका क्षितिज पारिका शब्दहरु ( गीतिसङ्ग्रह २०७०), […]

Continue Reading

आज असार २९ भानु जयन्ती

१४ जुलाई २०२३, वाशिंटन डिसी नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती हो आजैका दिन अर्थात् २९ असार विसङं १८७१ मा तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मेका थिए । रामायणलाई नेपाली भाषामा उल्था गर्ने श्रेय उनलाई छ । उनले अनुवाद गरेको रामायणलाई भानुभक्तको रामायण पनि भन्ने गरिन्छ । उनले तत्कालिन समयको परिवेशमा सिर्जना गरेको समसामयिक […]

Continue Reading

झमक घिमिरेको १४औं कृति “कर्मणा” प्रकाशित

२९ असार २०८०, काठमाडौं “जीवन काँढा कि फूल” आत्मकथात्मक कृतिका लागि विसं २०६७ सालमा प्रतिष्ठित मदन पुरस्कार प्राप्त  झमक घिमिरेको नयाँ कृति “कर्मणा” प्रकाशित भएको छ । यो उनको १४औं प्रकाशित कृति हो । झमकले “कर्मणा” विसं २०७४ देखि २०७८ सम्म लेखिएका आफ्ना भोगाइहरु र विचारहरुको निवन्धात्मक कृति भएको विश्वपरिक्रमालाई बताइन् । लेखनको शुरुवाती क्रममा […]

Continue Reading