व्यङ्ग्यः ‘प्रभुजी! मलाई धुपौरे बनाऊ’

– कृष्ण प्रधान, भारत महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘प्रभुजी! मलाई भेँड़ो बनाऊ’ निबन्धको देखासिकी, आह्रिस, डाह गर्दै मैले पनि प्रभुजीलाई नगोहारी धरै पाइऩँ…र उजूरसहित निवेदन गरिहाले, ‘प्रभुजी! मलाई धुपौरे बनाऊ’ लुखास्त…अरुले जेसुकै भनुन् देखैजाला।  तर मैले एउटा कुरा आजसम्म बुझेको छैन निबन्धकार देवकोटाले उपरोक्त शीर्षकको निबन्धमा ‘प्रभुजी! मलाई बाघ बनाऊ’ वा ‘प्रभुजी! मलाई नेता बनाऊ’ भनी […]

Continue Reading

सम्झनामा साहित्यकार पेशल आचार्य

कल्पना तामाङ, अमेरिका पेशल सर अत्यन्त सरल र प्रेरक स्वभावका व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका संगतमा रहने हरेक व्यक्तिलाई उहाँले जीवनमा केही गर्नु पर्छ भन्ने प्रेरणा दिइ रहनु हुन्थ्यो । उहाँ अग्रज भए पनि अनुज पुस्तासँग मित्रवत् व्यवहार गर्नुहुन्थ्यो । लेख्ने पढ्ने मान्छेलाई उहाँ लेख्नुस् लेखी रहनुस् लेखनले हो हामीलाई बचाउने भन्नु हुन्थ्यो । मलाई लाग्छ […]

Continue Reading

उमेर

नगिता लेप्चा राई   यो उमेर त मात्र अनुभवको कहानी हो हरेकको मनको दुःख र आँखाको पानी हो बालापनको हरेक रङ्ग धेरै खास हुन्छ बेरङ्ग त जवानी हुन्छ जबकि सबै साथ हुन्छ।।   ढल्दै गरेको रात जस्तै उमेर र एक्लोपनमा छटपटाइ रहेको म अझै केही गर्ने आशा धेरै लामो छ तर समय धेरै थोरै छ […]

Continue Reading

अतृप्त पाण्डेय : समीक्षाको चौतारीमा हुर्किएका कवि

मातृका पोखरेल कवि अतृप्त पाण्डेयसँग मेरो परिचय वि.सं. २०५७  सालतिर भएको हो । उहाँसँग मेरो परिचय जोडीदिने सुत्रधार  चाहिँ चर्चित कवि पूर्ण विराम हुनुहुथ्यो । उहाँलाई  धेरै पहिले देखि पढेको पाठक थिएँ म ।  समीक्षा साप्ताहिकमा उहाँका बाक्लै कविता छापिन्थे पञ्चायत कालमैं । मैले पनि समीक्षा साप्ताहिक बाटै प्रकाशनको पहिलो पाइलो टेकेर साहित्यमा बामे सर्न […]

Continue Reading

मैले पढेको नयाँ किताब ‘कलाकार अरनिको’

कुञ्जल शुभेच्छु लुइटेल कलाकार अरनिको रामबाबु सुवेदीको किताब हो । यो चित्रकथाको किताब हो । यस किताबमा धेरै राम्रा राम्रा चित्रहरु रहेका छन् । यी चित्रहरु कलाकार कृष्णगोपाल श्रेष्ठले बनाएका हुन् । कलाकार अरनिको किताब अरनिकोको जीवनसँग सम्बन्धित छ । यो किताबलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । यसको प्रकाशन २०७९ सालमा भएको […]

Continue Reading

धरती र तिमी

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’   तिमी बस्ने गरेको घरजग्गा यही धरतीको अंश हो तिमीले खाने गरेको अन्नपात यही धरतीको उपज हो तिमीले लगाएको वस्त्र यही धरतीको उत्पादन हो तिमीले लगाएका गर-गहना यही धरतीबाट निकालिएको धातुको हो तिमीले प्रयोग गर्ने सारा सर-सामान यही धरतीको वरदान हो यहाँसम्म कि तिम्रो जीवनको अस्तित्व यही धरतीको कृपा हो के तिमीले […]

Continue Reading

हाम्रो स्वाभिमान ट्रष्ट दिल्लीले ४ प्रतिभा पुरस्कृत गर्ने

१८ जुलाई २०२३, नयाँ दिल्ली भारतको नयाँ दिल्लीमा सकृय नेपाली संस्था हाम्रो स्वाभिमान ट्रष्टले भारतीय नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने ४ प्रतिभालाई परस्कृत गर्ने घोषणा गरेको छ । सो घोषणा भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा गरिएको हो । ट्रष्टले घोषणा गरे अनुसार राष्ट्रिय नेपाली साहित्य सम्मान धर्मराज थापा(नयाँ दिल्ली) लाई, राष्ट्रिय नेपाली साहित्य पुरस्कार […]

Continue Reading

जगमान गुरुङ, गीता केशरी तथा मदनदास श्रेष्ठ अभिनन्दित हुँदै

२ साउन, २०८०, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तीन विशिष्ट साधकलाई अभिनन्दन गर्ने निर्णय भएको छ । नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भएबापत वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ, नेपाली साहित्यमा विशिष्ट योगदान गर्नु भएबापत वरिष्ठ आख्यानकार गीता केशरी र रेडियो नाटक तथा नेपाली कलाक्षेत्रमा योगदान गर्नु भएबापत वरिष्ठ कलाकार मदनदास […]

Continue Reading

जनकविकेशरी धर्मराज थापा दम्पत्तिको नामका पुरस्कारहरु समर्पण

१ साउन, २०८०, काठमाडौं जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानले आज काठमाडौंमा जनकविकेशरी धर्मराज थापाको पुण्यस्मृति एवम् जन्म-शताब्दि महोत्सव शुभारम्भ गर्यो । सो अवसरमा धर्मराज-सावित्री थापा लोक संस्कृति साहित्य पुरस्कार तथा धर्मराज-सावित्री थापा लोकगीत-सङ्गीत पुरस्कार समेत वितरण गरियो । यस वर्षको धर्मराज-सावित्री थापा लोकसंस्कृति-साहित्य पुरस्कार इतिहासविद् तेजेश्वर ग्वङ्गलाई समर्पण गरियो । त्यस्तै लोकगीत-सङ्गीत पुरस्कार श्री बमबहादुर कार्की […]

Continue Reading

साहित्यकार तथा पत्रकार पेशल आचार्यको अवसान

१ साउन २०८०, काठमाडौं साहित्यकार तथा पत्रकार पेशल आचार्यको ब्रेन ट्यूमर तथा क्यान्सरको कारण उपचारको सिलसिलामा मेडिसिटी अस्पतालमा १ साउनका दिन अवसान भएको छ । शुरुमा अन्नपूर्ण न्यूरोमा ४ पल्टसम्म शल्यकृया गरेपछि पनि सुधार नभएपछि २८ असारमा मेडिसिटी अस्पतालमा लगिएको थियो । स्व. पेशल आचार्यको जन्म विसं २०२४ साल भदौ २२ गते हरितालिकाका दिन मोरङ […]

Continue Reading