पेन नेपालको प्रकाशन “द हिमालयन हेड” विमोचित

१२ साउन २०८० अन्तरराष्ट्रिय पेन संस्थाको नेपाल च्याप्टर पेन नेपालले हालै प्रकाशित कृति “द हिमालयन हेड” को एक समारोहको आयोजना गरी विमोचन गरियो । कवि मञ्जुलको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन समारोहका अन्य अतिथिहरु विधान आचार्य, हिरण्यकुमारी पाठक, हङ्ओगेरियन लेखक लिभर सिफलिस तथा कार्यक्रमका सभापति पेन नेपालका प्रकाश ए. राज र भीष्म उप्रेतीले सो कृति सामुहिक […]

Continue Reading

पन्त स्मृति प्रतिष्ठानका ९ पुरस्कारहरु घोषणा

१२ साउन २०८०, काठमाडौं पन्त स्मृति प्रतिष्ठानले बर्षै पिच्छे गर्दै आएको सम्मान पुरस्कार पाउने सम्मानित व्यक्तित्वहरूको नाम घोषणा गरेको छ । प्रतिष्ठानले जनाए अनुसार रामराज पन्त स्मृति सम्मान पुरस्कार उपन्यास “आतो ओडा” उपन्यासकारका लागि जानुका खतिवडा, गोपाल राज पन्त स्मृति पुरस्कार हास्य कलाकार शैलेन्द्र सिम्खडा, सदिच्छा वाल प्रतिभा पुरस्का वाल कलाकार सीता रावल, सीताश्री स्मृति […]

Continue Reading

जानुका खतिवडाको उपन्यास ” आतो ओडा लाई ” रामराज पन्त स्मृति पुरस्कार

१२ साउन २०८०, काठमाडौं पन्त स्मृति प्रतिष्ठानले उपन्यासकार जानुका खतिवडाको उपन्यास आतो ओडा लाई रामराज पन्त स्मृति पुरस्कार- २०७”  प्रदान गर्ने निर्णय गरेको छ । विसं २०५८ सालदेखि प्रत्येक वर्ष दिईंदै आएको यो पुरस्कार सर्वप्रथम सुष्मिता नेपालले प्राप्त गरेकी थिईन् । त्यसपछि श्रेष्ठ प्रिया पत्थर , विन्ध्या सुब्बा, सुशीलचन्द्र श्रेष्ठ, कृष्ण धरावासी, नयनराज पाण्डे, पीताम्बरा उपाध्याय ‘पीयूष’, मुलीवीर राई, चन्द्रकान्त आचार्र्य, गोविन्दराज भट्टराई, कृष्णराज खनाल, भुननारायण जोशी,  किरण रिमाल, बुद्धिसागर, अमर न्यौपाने, उमा सुवेदी, अनिता शर्मा काफ्ले, भुवनहरि सिग्देल, कल्पना श्रेष्ठ, मीरा गोतामेले पाइसकेका छन् । पुरस्कारको राशी सुरुमा रु १० हजार थियो भने विसं […]

Continue Reading

मदन-शीला साहित्यिक स्रष्टा तथा साहित्यिक पत्रिकारिता सम्मान समर्पण

१२ साउन २०८०, काठमाडौं मदन-शीला प्रतिष्ठानले काठमाडौंमा एक समारोहको आयोजना गरेर कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई २०७६ को तथा आख्यानकार गीता केशरीलाई २०७७ को मदन-शीला साहित्यिक स्रष्टा सम्मान तथा मोहन दुवाललाई २०७६ को तथा रामप्राद पन्तलाई २०७७ को मदन-शीला साहित्यिक पत्रकारिता सम्मान समर्पण गरियो । समारोहका प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले सम्मान समर्पण गरेका थिए […]

Continue Reading

जगदम्बा नेपाली साहित्यको बृहत् ईतिहासको चौथो ठेली प्रकाशित

११ साउन २०८०, काठमाडौं जगदम्बा नेपाली साहित्यको बृहत् ईतिहासको चौथो ठेलीको प्रकाशन भएको छ । यस चौथो ठेलीमा नेपाली पद्य र बाल साहित्य समेटिएका छन् । डा. माधव प्रसाद पोखरेल प्रधान सम्पादक रहेका यस ठेली ५ लेखकले तयार गरेका हुन् । यस ठेलीमा नेपाली आधुनिक गीतको ईतिहास डा. वेनी जङ्गम रावल, नेपाली खण्डकाव्यको ईतिहास डा. […]

Continue Reading

कुन समुद्रले छुनसक्छ सगरमाथालाई ?

कृष्ण प्रसाई   जीवनलाई निफनिरेछु नाङ्लामा भुसहरू छन्, उडाउनु छ फब्लेटा र बियाँहरूछन्, टिप्नु छ मसिना कनिकाहरू पनि छन्, चालेर किनारालाउनु छ । स–साना ढुङ्गाहरू छन्,फ्याल्नु छ । कहींकतै फोहोर–मैला भए तह लगाउनु छ । कतै घुनहरू बचेभने पकाउनुको अर्थ नै रहन्न भान्साको । छान्दा–छान्दै र सोझ्याउँदा सोझ्याउँदै धेरैपटक पसाङ्गिएको छ जीवन । सोझ्याउनु पनि […]

Continue Reading

चार मुक्तक

ज्ञानुवाकर पौडेल   १) धेरैले चित्त दुखाए’नि चुर चुर छैन है म दुनियाँले ठाने जस्तो मजबूर छैन  है म गतिलो क्यै गरी देखाउने आँट मेरो अझै निरर्थक कुरामा अल्झिरहने झुर छैन है म ! २) राम्रो गर्न खोज्नेको नहुने यहाँ कैले भलो किन ? गतिलो क्यै गर्न खोजे अड्काइदिने -हलो किन ? अतिक्रमित संस्कृतिको दुष्परिणाम […]

Continue Reading

प्रेमको एक निशानी

जानु धिताल   आऊ रोपौँ एउटा प्रेमिल वृक्ष हामी हाम्रो मायाको प्रेम मलजलले पर्न नदिऊँ अनिष्टताको छायाक‍ो स्याहार सुसार गरौँ हामी भरमग्दूर है त्यसलाई होइन सादा वृक्ष, सनातन प्रेमको यस प्रतीकलाई दिउँला हामी आफ्ना मायाका ती तरङ्गहरू उठून् सबैतिर प्रेम प्रेमका शकुन्तला वा अनङ्गहरू हामीमा नै समर्पित होऊन् घाम अनि शीतहरू चौतारीमा हावा सङ्गै गाऊन् […]

Continue Reading

अमेरिकाबाट बृहत् कविता सङ्ग्रह प्रकाशित

२७ जुलाई २०२३, वाशिङ्टन डिसी मातृभाषा संरक्षण समूह अमेरिकाले “बृहत् कविता सङ्ग्रह” प्रकाशन गरेको छ । हालै भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा त्यसको विमोचन समेत भैसकेको छ । यस सङ्कलनमा विश्वभर छरिएर रहेका मूल नेपाली भाषामा लेख्ने ७६ छन्द  कविका ३।३ कविताहरु  तथा ६८ जना गद्य कविका ३।३ कविताहरु गरी  ४३२ कविताहरु समावेश गरिएका […]

Continue Reading

मात्र एक कदम अझै

भावना विष्ट   मात्र एक कदम अझै , अब त पक्कै किनारा होला । मात्र एक नज़र अझै , अब त पक्कै इशारा होला ।।   चँचल मेरा दुई नयनमा ,अब ख़ुशीको बरसात होला कमजोर मेरो मनमुटु , अब त पक्कै मज़बूत होला ॥   मात्र एक कदम अझै , अब त पक्कै किनारा होला मात्र एक नज़र अझै , अब त पक्कै इशारा होला ।।   भयो फ़ूटेर मुटु टुक्राटुक्रा ,केही त जोड़ने तरीक़ा होला कती हुनु यो रात मात्र,अब त पक्कै बिहानी होला ।।   पूर्णिमाको जगमग रात ,अनि दिन पनि मगमग होला सधैं एकैनास हुन्न जीवन ,अब त साकार सपना होला   कवि परिचयः लेखिका भावना विष्ट पर्वत जिल्लाको फलेवासमा जन्मेकी हुन् र हाल अमेरिकाको मेरिल्याण्डमा बसेवास गर्छिन् । उनकोएक कृति “संघर्ष” (विसं २०७९) प्रकाशित छ ।  

Continue Reading