भारी

सुषमा अंशु   टोलाइरहेको छ मस्तिष्क एकतमास, बिथोलिदिन्छ फोनको घण्टीले चकमन्न वातावरण झस्कन्छ उदण्ड मच्चिन्छ हृदयको बैठकमा चल्दछ सोचका ज्वाराभाटा   उकुसमुकुस भावनाको पोको खोल्ने आँट बिश्वासले दिलाएन निरन्तर कुनै गुनासो बिना हरेक पल आफू हुनु जग हुनुको प्रमाण दिन्छ घडी ट्वाक ट्वाक बजिरहेको छ एकनास भित्तामा   आवाजले समयलाई झस्काउँछ चिर निन्द्राबाट बिउँझिएर रातलाई […]

Continue Reading

विपना हुँ कि सपना?

नन्दु उप्रेती   म विपना हुँ कि सपना ? आफ्ना सपनाहरू जोडेर मेरा बाले मेरो नाम राखिदिए: विपना आमाले पनि आफ्ना सपनाहरू जोडिएको भेटिन् सायद त्यही नाममा र भनिन् मेरी छोरी: विपना । अनगिन्ती दुःखका पहाडहरू ढालेर खुशी र सुखको हिमाल उभ्याउने अभियान भन्दै केही सिपाहीजस्ता मान्छेहरूले सकुशल लगेका हुन् मध्यरातमा मेरा बालाई तिनीहरूले देखाएका […]

Continue Reading

घामभित्र

दिव्य गिरी   घामभित्र तिमी छ्यौ म छु हाम्रो माया छ ।   घाम तापिरहेका गुराँस, लालुपाते, गोदावरी र सयपत्रीको मुस्कान छ तिम्रो मुहारमा त्यो मुस्कानभित्र मेरो मुटुको धड्कन छ त्यो धड्कनभित्र तिम्रो र मेरो पिरतीको साइनो छ त्यो पिरतीको साइनोभित्र हामी दुबैको मायाको आकाश छ त्यो आकाशमा जून–ताराहरू छन् ती जून–ताराहरूको छायाँ तल तिम्रो […]

Continue Reading

आठौं सासंक पुरस्कार गणेश रसिकलाई

काठमाडौं असार २, २०८० धुलाबारी झापाको सासंक प्रतिष्ठानले आफ्नो ३४ औं स्थापाना दिवस तथा प्रत्येक दुई बर्षमा प्रदान गरिंदै आएको आठौं सासंक सम्मान तथा पुरस्कार एक समारोहका प्रदान गर्यो । यस वर्ष सो पुरस्कार बरिष्ठ गायक,गीतकार तथा लेखक गणेश रसिकलाई प्रदान गरिने निर्णय अनुसार उनलाई प्रमुख अतिथि-इलामका प्रबुद्ध नागरिक युद्ध प्रसाद वैद्यले समर्पण गरे । […]

Continue Reading

मुगलान उपन्यास एक दृष्टि

टीका ढुङ्गेल रटन बरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईको उपन्यास मुगलान कृति  वि. सं. २०३२ मा पहिलो  संस्करण प्रकाशित भएको र क्रमैले यो उपन्यास छैटौ संस्करण सम्म प्रकाशित हुँदै आएको तथ्य प्रमाण पाइन्छ। ‘प्रवासीको मायामा सप्रेम समर्पित’ यो उपन्यास पढ़न बसेपछि नसकि उठन मन पर्दैन। मानिसले सुखभन्दा ज्यादा दुःख गर्नु पर्ने बाध्यता प्रायः गरीब तथा […]

Continue Reading

मेसो

देवकी तिमल्सिना    जदेउ मान्ठौ जदेउ! अर्ती दिदेउ जिजु लला अर्ती दिदेउ बाबा आमा सौराइँ मेट्न आयाको छु झल्का लाइगयो र तिम्मा   भोक लाग्यो नभन्या भाउअ यहाँ तेरो आमा नाइँ हुन्या नाईं मनका जसो आँसुको रङ्ग फेर्न्या काइँ   काम खोज्दो छइ काम पाउँदैनइ राम हेर्दो छइ राम मान्दैनइ आया गया सगरको चाँदो खेडिया हेर चारै दिशा उसै कहाँ मिल्दोछ र रोटा यइथै भैगो मान्ठौको जूनी तिम्मो हाम्मो भयाकै छ रुनी।   म त सोच्दो दिन जाँदो छ जोवन जान्या र छ कसले सुन्दो मनका बह मनै  दु: खारि भयाको छ यसले पन यहाँ दु:ख नकह!   सँगै साथ्या  सिंहदरबार तिम्मा दिन हाँसेरै बाइ गो मन, दिल फाटेको बेला चोट कसलाई ला छ? भलाभला गाला मारी लालीगुराँस फुलाउन ल्याउनुछ छकालको घाम।   साथ्यौ, हाम्मो इतिहास खोइनु छ उकालो ओरालो  हट्टा बाटो लाग्यो तेस्रो जिन्दगी बाँच्नुको अथ्थो लाउन्या मन छ मेसो।   सुनको सुगन्ध हुन्या नाइ उखुको फल लाग्न्या नाइ सादा जीवन चिल हुँदोछ मलाई पर्याको छ पीर ज्या पर्यापन झुकाइन्न शिर ।   ओ मेरा साथ्या संगी! म क्या भनुँ देश भनला जान्या आफै बुझ्न्या आफै मेसो लाउँछु यही । कवि परिचयः कवि देवकी तिमिल्सिना सिन्धुपाल्चोकको बलेफीमा जन्मेकी हुन् र हाल सुर्खेतमा वसोवास गर्छिन् । माओवादी जनयुध्दमासकृय रूपले १० वर्ष संलग्न उनको अहिलेको कार्यक्षेत्र कर्णाली रहेको छ, जस्को झल्को यस कवितामा पाउन सकिन्छ ! उनका“योध्दाको सपना” कविता संग्रह (२०७६) तथा “छुटेका सपना” मुक्तक संग्रह (२०७७) प्रकाशित छन् ।

Continue Reading

बुध्दि-रेशम स्मृति स्रष्टा सम्मान समर्पण

काठमाडौं, १ असार २०८०   जलरिका साहित्य प्रतिष्ठानले बुध्दि-शम स्मृति स्रष्टा सम्मान  साहित्यकार द्वय डा. ध्रुवचन्द्र गौतम र प्रा डा अभि सुवेदी तथा कलाकारश्यामलाल श्रेष्ठलाई एक समारोह वीच सम्मान अर्पण गरियो । सम्मानका साथमा सरस्वतीको मूर्ती, नगद एक लाख रहेको छ । समारोहमा प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले सरस्वती  मूर्ति,,प्रतिष्ठान संरक्षक कवि द्वारिका श्रेष्ठले  माला र जलेश्वरी श्रेष्ठले १लाख नगद समर्पण गरेका थिए । कवि द्वारिका श्रेष्ठको माता -ताको नाममा  स्थापित सम्मान २०६९ देखि साहित्य र कलाको क्षेत्रमा समर्पित स्रष्टाहरूको अतुलनीययोगदानका लागि प्रदान गरिंदै आएको छ। कार्यक्रमको शुरूमा प्रतिष्ठानका सचिव रोशन थापा नीरवले स्वागत भाषण गरेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय ध्रुवचन्द्र गौतम र डा. अभि सुवेदीको परिचय प्रा डा गोविन्दराज भट्टराईले गरेका थिए । कलाकारश्यामलाल श्रेष्ठको परिचय कला समीक्षक मुकेश मल्लले दिएका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । स्मरणीय छ जलरिका साहित्य प्रतिष्ठान लेखिका जलेश्वरीको जल र कवि द्वारिका श्रेष्ठको रिका मिलाई जलरिका नामाकरण गरिएकोहो । […]

Continue Reading

छायां

भ्यालेण्टिना नोव्कोभिच   जब कमजोरी विजेता हुन्छ चाहनाका दुर्लभ क्षणहरू जुन पढ्न सकिन्छ केवल सुलेखक मात्रै हुन्छन् विलुप्त सोच्नुहोस् कि त्यो पीडा हो केवल एक कप चिया जति मल्हम त्यति नै वेला । जव खानेकुरा दुर्लभ हुन्छ गोजीमा ती विस्फोट हुन्छन् मैले बोकेका मिठाइहरू सम्झाईबुझाई गर्दै अरूलाई मानौं म हिजो जन्मेको हुं र अहिलेसम्म जीवित । मैले यसो भन्दा विश्वास गर्दैनन् तिनीहरू कि रातमा म बदलिन्छु चिहाउंदै छायांमा । भीडभाडका छेउमा ऐतिहासिक क्षणहरू रक्षा कवच हुंदै र हुंदै लडाकु, दोहोर्याउंदै र हराउंदै , हो म सक्छु प्रतीक्षा गर्न धैर्यपूर्वक मिर्मिरेको जसमा एकताबध्द हुनेको सर्वथा अभाव छ । (अङ्ग्रेजीवाट अनुवादः गोविन्द गिरी प्रेरणा) कवि परिचयः भ्यालेण्टिना नोव्कोभिच सर्वियाली कवयित्री हुन् । उनका कविता रुसी, उज्वेक, किर्गिस, पोल्याण्डेली, रोमेनियाली, भियतनामी, स्प्यानिस, चिनियाँ लगायतका भाषामा अनुवाद भै प्रकाशित […]

Continue Reading

मधुपर्क सम्मान समर्पण

काठमाडौं २०८० जेठ ३० गते, संस्थानको मासिक साहित्यिक प्रकाशन मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रम तथा मधुपर्क सम्मान २०८० समर्पण एक समारोह बिच काठमाडौंमा सम्पन्न भयो । यस वर्षको सम्मान कविता विधामा वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठलाई, गद्यतर्फ नेपाली आख्यानमा समर्पित वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई तथा बाल साहित्यमा सक्रिय छन्द कवि प्रभा भट्टराईलाई सम्मान गर्ने निर्णय गरिएको […]

Continue Reading