अमेरिकाका तीन राज्यहरु भर्मण्ट, कनेक्टिकट र मासाचुसेटसका २ तिहाई जनताले पूर्ण खोप लगाए

विश्वपरिक्रमा डेस्क १२ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाका तीन राज्यहरु भर्मण्ट, कनेक्टिकट र मासाचुसेटसका २ तिहाई जनताले पूर्ण खोप लगाएका छन् । अमेरिकाको औषधी नियामक निकाय सेन्टर फर डिजिज कन्ट्रोल अर्थात् सिडिसीले उक्त कुरा जनाएको हो । सिडिसीका अनुसार २६ राज्यका आधा जनसङ्ख्याले पूर्ण खोप लगाएका छन् । पूर्ण खोप लगाउने अमेरिकीहरु १७ करोड ८६ लाख […]

Continue Reading

कोलोराडोमा कवि वसन्त श्रेष्ठको एकल कविता वाचन

विश्वपरिक्रमा डेस्क १२ सेप्टेम्वर, वाशिंटन डिसी अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा कवि वसन्त श्रेष्ठको एकल कविता वाचन कार्यक्रम जाइका रेष्टुरेन्ट ब्रुमफिल्ड कोलोराडोमा सम्पन भयो । सो कार्यक्रममा कवि श्रेष्ठलाई कोलोराडो शाखाको अध्यक्ष राजु सिटौला लगायत कार्यसमितीका पधाधिकारीहरुले खादा र फूलका गुच्छा साथै मायाको चिनो दिएर स्वागत गरेका थिए । कार्यक्रमको शुरूमा तारा अधिकारी र पदम विश्वकर्माले कवि वसन्त श्रेष्ठको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि श्रेष्ठले एक दर्जनको हाराहारी कविता प्रस्तुत गरेका थिए । किरण अधिकारीले सन्चालन गरेको कार्यक्रम अनेसास कोलोराडो शाखाअध्यक्ष राजु सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Continue Reading

टिपिएसको म्याद ३१ डिसेम्वर २०२२ सम्म स्वत: नविकरण भयो

डिएचएसले एल साल्भाडोर, हैटी, होण्डुरस, निकारागुा, सुडानसहित नेपालका टिपिएस वाहकको म्याद ३१ डिसेम्वर २०२२ सम्मका लागि स्वत नविकरण भएको घोषणा गरेको छ   विश्वपरिक्रमा डेस्क ११ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाको गृह सुरक्षा मन्त्रालय डिएचएसले एल साल्भाडोर, हैटी, होण्डुरस, निकारागुा, सुडानसहित नेपालका टिपिएस वाहकको म्याद ३१ डिसेम्वर २०२२ सम्मका लागि स्वत नविकरण भएको घोषणा गरेको छ […]

Continue Reading

नेपा गुठीका थकाली मदन ताम्राकारको निधन

विश्वपरिक्रमा डेस्क ११ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाको पुरानो गुठी “नेपा गुठी”का थकाली मदन ताम्राकारको ८४ वर्षको उमेरमा १० सेप्टेम्वर साँझ आफ्नै निवासमा निधन भएको छ । सन् १९८९ मा अमेरिका आएका उनी सोही वर्षदेखि सन् १९८५ मा स्थापित नेपा गुठीमा संलग्न हुँदै आएका थिए र हाल थकाली अर्थात् गुठीको सर्वेसर्वा वा अध्यक्षको रुपमा संलग्न हुँदै […]

Continue Reading

नेपाली मूलका कर्टिस वाटर्सको गीत “स्टनिन” विश्वव्यापि रुपमा एक अरवपल्ट प्रवाहित

विश्वपरिक्रमा डेस्क ११ सेप्टेम्बर, वाशिंटन डिसी नेपाली मूलका अभि वस्ताकोटी अर्थात् कर्टिस वाटर्सको लोकप्रिय गीत स्टनिनविश्वव्यापि रुपमा एक अरवपल्ट प्रवाहित भएकोले उनलाई सो को सर्टिफिकेट प्राप्त भएको छ । यस गीतले उनलाई विश्वव्यापि ख्याति दिलाएको छ भने उनले प्रसस्त पुरस्कारहरु समेत हात पारेका छन् । अमेरिकाको विख्यात संगीत पत्रिकाले यो गीतलाई आजको शिखरमा पुगेको हिट […]

Continue Reading

“समयको बयान”को लोकार्पण

  विश्वपक्रमा डेस्क ११ सेप्टेम्वर, वाशिंटन डिसी काठमाडौं । कवि मीनकुमार नवोदितको तेस्रो कवितासङ्ग्रह समयको बयानको काठमाडौंमा प्रमुख अतिथि वरिष्ठ कवि तुलसीदिवसलगायत विभिन्न स्रष्टाहरूल लोकार्पण गरे। साहित्यिक पत्रकार संघद्वारा आयोजित वोकार्पण कार्यक्रममा  वरिष्ठ कवि दिवसले कृतिलाई जत्तिकै स्रष्टालाई पनि सम्मान गर्नेपरम्परा विकसित गर्नुपर्ने धारणा राखे । उनले कवि नवोदितका कविताहरू सशक्त भएको बताउँदै उनका कवितामा समय र स्थानकोप्रतिच्छाया पाइन्छ भने। नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा. डा. हेमनाथ पौडेलले कवि नवोदितका कवितामा आजको समयको प्रतिबिम्ब पाइने बताए । समालोचक प्रमोद प्रधानले कवि नवोदितका कविता यात्राको चर्चा गर्दै  दुई दशकको काव्ययात्रामा नवोदितले नेपाली कविताका क्षेत्रमामहत्वपूर्ण योगदान पुर्‍याउनुभएको बताए । अर्का समालोचक ज्ञानु अधिकारीले नवोदितका कवितामा समय, सम्बन्ध र स्मृति बिम्ब पाइनेधारणा राखिन् । सो अवसरमा कविहरू विमल भौकाजी, महेश पौडेल, उमेश राई अकिन्चन, मन्जिला अनिल, शुभलक्ष्मी लम्साल, रामगोपाल आसुतोष रशकुन्तला जोशीले कवि नवोदितका लोकार्पित कृर्तिबाट एक एक कविता वाचन गरेका थिए । कवि नवोदितले आफ्ना काव्ययात्राकासहयोगीप्रति आभार प्रकट गरे । समयको बयान कविता सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो  । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Continue Reading

कोलोराडोका गभर्नरसँग नेपाली राजदूत खतिवडाको शिष्टाचार भेट

विश्वपरिक्रमा डेस्क १० सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले कोलोराडोका गभर्नर जारेड पोलिससँग शिष्टाचार भेट गरेका छन् । सो भेटका अवसरमा राजदूत खतिवडाले गभर्नरसँग आपसी हितको विषयमा कुराकानी गरेका थिए जसमा संसदको ककस अर्थात् अमेरिकी साँसदहरुको नेपाल सरोकार समूहलाई व्युँताउने, नेपालको विकासका लागि आर्थिक सहयोग, कोलोराडोका नेपाली समूदायको हितको विषयमा तथा […]

Continue Reading

तिम्रो चित्र हुँ

रञ्जना निरौला, काठमाडौं तिम्रो मातृत्वले कुँदेर शिलान्यास भएको हो जीवन स्नेहको कुचिले पोतेर आफ्नै शरीरको क्यानभासमा बनाएकी हौ मेरो देहको चित्र र टेकाएकी हौ वासन्ती भुगोलमा स- साना मेरा पाउहरू ! अन्त्यहिन संघर्षको विपक्षी बनेर उसैगरी सिकाइरहन्छौ सुधा जस्तै अमूल्य ज्ञान देखाइरहन्छौ सुर्यले जस्तै उज्याला बाटाहरू गरिरहन्छौ गुलावलाई काँडाले झैँ सुरक्षा अनभूतिका उकालीबाट भरिरहन्छौ प्रेरणा […]

Continue Reading

व्हाइट हाउसबाट ९०० मिटर पर सेप्टेम्बर ११ भोग्दा

बासु गौतम, काठमाडौं गत अगस्ट महिनाको पहिलो दुई साता  संसार भर  एउटा समाचारले प्रमुखता पायो र “वैश्विक मामिलाहरु“  नजिकबाट नियाल्नेहरुलाई २० बर्ष लामो  असफल युद्धपछि शक्तिराष्ट्र  अमेरिकाको  दक्षिण एशियाली मुलुक अफगानिस्तानबाट भएको बहिर्गमनले ध्यान आकृष्ट गर्‍यो।  अमेरिकाको निराशाजनक र उपलब्धिबिहिन अफगानिस्तान निकासको मूलजरा आजकै दिन ठीक २० बर्ष अघि अमेरिकी भूमीमा भएको आतंकवादी हमला हो […]

Continue Reading