काठमाडौंमा हेम पाठक सम्मानित

१२ कार्तिक २०८१, काठमाडौं साहित्यिक पत्रकार संघ र एस एस फाउन्डेसनले आयोजना गरेको तिहार, छठ पर्व र नेपाल सम्बत् ११४५ को शुभकामना कार्यक्रममा अमेरिकाको नागरिकता तथा सुखमय जीवन परित्याग गरि हालै नेपाल फर्किनु भएका समाजसेवी हेम पाठकलाई विशेष सम्मान गरिएको थियो । हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक पाठकलाई सो सम्मान वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र […]

Continue Reading

नारी साहित्यिक संस्था गुन्जनबाट राधेश्याम लेकाली पुरस्कृत

४ कार्तिक २०८१, काठमाडौं । नारी साहित्यिक संस्था गुञ्जनले साहित्यकार राधेश्याम लेकालीलाई ” गुन्जन साहित्य पुरस्कार २०८०” बाट सम्मानित गर्‍यो । “गुन्जन”की अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दस हजार राशीसहित सो सम्मान प्रदान गरेका थिए । […]

Continue Reading

सुदूरपश्चिम साहित्य समाज धनगढीको पुरस्कार घोषणा

७ कार्तिक २०८१, धनगढी सुदूरपश्चिम साहित्य समाज धनगढीद्वारा प्रदान गरिने जसुदा साहित्यिक पुरस्कारको घोषणा भएको छ । घोषणा अनुसार विसं २०७९ को लागि सालका लागि साहित्यकार खगेन्द्र गिरी कोपिला तथा २०८० सालको लागि उपन्यासकार अञ्जु न्यौपाने नीलसागरलाई प्रदान गरिनेछ । त्यसैगरी विसं २०८० सालको विष्णुदास यज्ञ साहित्य पुरस्कार साहित्यकार तथा शिक्षासेवी किरण आचार्यलाई प्रदान गरिने […]

Continue Reading

राष्ट्रिय बाल साहित्य सम्मेलन मंसिर सात र आठमा घोराहीमा हुँदै

घोराही ७ कार्तिक २०८१, घोराही २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन दाङको घोराहीमा आगामि मंसिर सात र आठमा सम्पन्न गर्न व्यापक रुपमा तयारी भैरहेको नेबासासले एक बिज्ञप्ति प्रकाशित गर्दै जनाएको छ । प्राप्त जानकारी अनुसार घोराहीको गोरखा इन्टरनेशनल पव्लिक सेकेण्डरी स्कुलमा हुने सो सम्मेलनका लागि वरिष्ठ साहित्यकार टिकाराम उदासीको संयोजकत्वमा साहित्यकार सूर्य बिसी सदस्य सचिव […]

Continue Reading

कथाकार रामहरि पौड्यालको निधन

२ कार्तिक २०८१, काठमाडौं साहित्यकार रामहरि पौड्यालको २ कार्तिक २०८१ का दिन काठमाडौंमा निधन भएको छ । विसं २००४ भदौ १५ गते घट्टेकुलो काठमाडौंमा जन्मेका पौड्याल विसं २०२२ सालमा कविता प्रकाशनसँगै नेपाली साहित्यमा उदाएका थिए । उनको पहिलो कृति कथा सङ्ग्रह सल्ला सुसाइदिन्छ विसं २०४१ सालमा प्रकाशित भएको थियो । उनले समालोचना क्षेत्रमा पनि कलम […]

Continue Reading

गीतकार विश्ववल्लभको निधन

२३ असोज २०८१, काठमाडौं गीतकार विश्ववल्लभको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको छ । मस्तिष्क घात भई उनी सो अस्पतालमा भर्ना भएका थिए । विसं २००२ असोज २९ गते काठमाडौंमा जन्मेका उनको २०८१ असोज २३ गते निधन भएको थियो । विश्ववल्लभ गीतकारको रूपमा प्रतिष्ठित थिए । उनले लामो समय रेडियो नेपालमा जागिरे जीवन बिताएर […]

Continue Reading

धवलागिरि साहित्य प्रतिष्ठानका विभिन्न पुरस्कारको घोषणा

२१ असोज २०८१, बाग्लुङ धवलागिरी साहित्य प्रतिष्ठान बागलुङले बाट विभिन्न पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठानले जनाए अनुसार २०४१ साल देखि प्रदान गर्दै आएको ” काजी रोशन साहित्य पुरस्कार-२०८१” ” फरैना ” ( उपन्यास) का लेखक दाङ,घोराही निवासी सन्तोष श्रेष्ठलाई प्रदान गरिने भएको छ । कपिलवस्तुमा रहि विशिष्ट साहित्यिक योगदान योगदान गरेवापत हरि राज शर्मा ” […]

Continue Reading

“भृकुटीतारा” उपन्यास लोकार्पित

१७ असोज २०८१, काठमाडौं । साहित्यिक पत्रकार संघले एक समारोहका वीच उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास “भृकुटीतारा”को लोकार्पण कार्यक्रम आयोजना गर्‍यो । प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ तथा लेखिका सहित बिभिन्न अतिथिहरुले सो कृति लोकार्पण गरे । कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक चर्चा गरेका थिए । अनेसास नेपालकी निवर्तमान अध्यक्ष सन्ध्या पहाडीले […]

Continue Reading

“पवन आलोक नियात्रा पुरस्कार”लाई कृति आव्हान

१५ असोज २०८१, काठमाडौं ‘पवन आलोक नियात्रा पुरस्कार’ छनौट समितिले एक सूचना जारी गर्दै पवन आलोक नियात्रा पुरस्कार कोष र नियात्रा समाज नेपालका बीचमा भएको सम्झौताबमोजिम चौथो संस्करणको अर्थात् २०८० सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ हेतु २०८० सालमा प्रकाशित नियात्रा विधाका कृतिहरू दर्ताका लागि सादर अनुरोध गरेको छ । छनौट समितिको निर्णयानुसार उत्कृष्ट ठहरिएको कुनै […]

Continue Reading

गीतकार विश्ववल्लभलाई मस्तिष्क घात

१५ असोज २०८१, काठमाडौं अग्रज गीतकार विश्ववल्लभ २ दिन अघि मस्तिष्क घात अस्पतालमा उपचार रत रहेका छन् । यसै बीच अग्रज गीतकारहरू किरण खरेल, राजेन्द्र थापा, एस्पी कोइराला, गीतकार संघका अध्यक्ष वसन्त बहादुर थापा, उपाध्यक्ष रमेश कोइराला, पूर्व उपाध्यक्ष भरत बोम्जनले अस्पतालमा गई भेटेर उनको स्वास्थ्य स्थितिको जानकारी लिएका छन् र उनको शिघ्र स्वास्थ्यलाभको कामना […]

Continue Reading