साभार-सौजन्य सामाग्री:

(अन्य पत्र पत्रिकामा प्रकाशित महत्वपूर्ण लेख रचना हाम्रो माध्यमबाट थप पाठक समक्ष पुर्याउन सौजन्य सामाग्री अन्तरगत यसपाली “हिमाल” मासिकको प्रकाशकीय समयोचित मानेर साभार प्रकाशन गरेका छौं । यो प्रकाशकीय हिमालको पुन: मासिक रुपमा प्रकाशन भएको २०७८ भदौको अँकमा प्रकाशित छ) हिमालको जन्म र मान्यता कनकमणि दीक्षित हिमालको बिउ न्यूयोर्क शहरमा सन् १९८७ मा रोपिएको हो, […]

Continue Reading

कोरोनाको विश्वस्थिति (१६ अगस्त)

विश्वपरिक्रमा डेस्क १६ अगस्त, वाशिंटन डिसी विश्वमा कूल सङ्क्रमित २० करोड ८१ लाख ३९ हजार १०४ विश्वमा कूल मृत्यु ४३ लाख ७५ हजार ४०८ अमेरिकामा कूल सङ्क्रमित ३ करोड ७६ लाख ३३ हजार २८९ अमेरिकामा कूल मृत्यु ६ लाख ३८ हजार ४९० नेपालमा कूल सङ्क्रमित ७ लाख ३२ हजार २७२ नेपालमा कूल मृत्यु १० हजार […]

Continue Reading

जया ओझाको दोश्रो उपन्यास प्रकाशित

विश्वपरिक्रमा डेस्क १६ अगस्त, वाशिंटन डिसी लेखिका जया ओझाको दोस्रो उपन्यास “अनुराग” हालै प्रकाशित भएको छ । यस अघि उनको “आवरण” उपन्यास विसं २०७३ सालमा प्रकाशित भएको थियो । कक्षा ५ वाटै कविता लेख्न थालेकी जयाले ९।१० कक्षामा छँदा त्रिसुली पत्रिकामा गीत प्रकाशन गरेर प्रकाशन यात्राको थालनी गरेकी थिइन् । उनले नेपाली चलचित्रहरु मेरो मनको […]

Continue Reading

हेमा पनेरु लायन अफ द एयरले सम्मानित

विश्वपरिक्रमा डेस्क १६ अगस्त, वाशिंटन डिसी क्यालिफोर्निया निवासी समाजसेवी लायन हेमा पनेरु लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको लायन एअर २०२०, २०२१ को लागि लायन अफ दि एअर द्वारा सम्मानित भएकी छिन् । उनी यस्ती समाजसेवी महिला नेत्री हुन् जसले एन आर एन राष्ट्रिय महिला समितीमा को-चेअर, नेप्लिज एसोसोयसन अफ नर्दर्न क्यालिफोर्नियाकी उपसभापती, जनसंपर्क समिती अमेरिका, […]

Continue Reading

अनेसासको शब्दसारथि

विश्वपरिक्रमा डेस्क १५ अगस्त, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय कार्य समितिले ‘अनेसास शब्दसारथि’ अनलाइन पाक्षिक कार्यक्रम आरम्भ गरेको छ । आजैबाट उक्त सुरु भएको हो । अनेसासको प्रेस विज्ञप्ति अनुसार यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना , वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने छ । पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय […]

Continue Reading

बाह्रखरी कथा प्रतियोगिता २०७८ को घोषणा

विश्वपरिक्रमा डेस्क १५ अगस्त वाशिंटन डिसी काठमाडौंबाट सञ्चालित अनलाइन मिडिया “वाह्रखरी डिजिटल न्यूज” ले विसं २०७६ देखि गर्दै आएको कथा प्रतियोगिताको तेश्रो चरण २०७८ को घोषणा गरेको छ । कथा विधाको सर्वाधिक राशीको यो पुरस्कार प्रथम हुनेलाई रु एक लाख, दोश्रो हुनेलाई साठी हजार तथा तेश्रो हुनेलाई चालिस हजारको नगद पुरस्कार तथा प्रमाणपत्र दिइन्छ । […]

Continue Reading

साहित्यपोस्ट उत्तम कृति पुरस्कार वितरण गरियो

विश्वपरिक्रमा डेस्क १४ अगस्त, वाशिंटन डिसी पहिलो प्रकाशित कृतिका लागि स्थापित “साहित्यपोष्ट उत्तम कृति पुरस्कार” पहिलोपल्ट “नेपाल विद्या” नामक कृतिका लागि स्रष्टा केदार वाशिष्टलाई साउन २९ गते थापा गाउँस्थित कुञ्ज थिएटरमा आयोजित समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङका हातबाट प्रदान गरिएको छ । साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको सभापितत्वमा आयोजित कार्यक्रममा प्रज्ञा […]

Continue Reading

जुत्ता

–मन्दिरा मधुश्री, काठमाडौं बिहान भुकभुके उज्यालो भएको थियो, सिरानीमा भएको मोवाइल बज्यो । निन्द्रा खुलिसके पनि काठमाण्डौमा सुरु भइसकेको कात्तिकको जाडोमा म अल्छिलाई अँगालो मारेर ओछ्यानमा नै गुटमुटिइ रहेको थिएँ । अल्छि मान्दै फोन छामेर टिपेँ । कलमा बा देखियो । अल्छि स्वाट्टै कतातिर भाग्यो । दंग पर्दै फोन उठाएर भनेँ, “ढोग गरेँ है बा […]

Continue Reading

अमेरिका- १९९१

लव गाउँले, काठमाडौं   खासमा भन्नुपर्दा फिलिपिन्समा सन्चालन हुने एक वर्षे सार्वजनिक प्रशासन बिषयक पोष्ट ग्र्याजुयट डिप्लोमा कोर्समा मेरो मनोनयन भएको थियो । मलाई स्कुल जीवनदेखि नै अमेरीका सफर गर्ने इच्छा पलाइरहेको थियो ।  मैले अफिस, अर्थ मन्त्रालय र दातृ निकायमा आग्रह गरेँ । तीनवटै निकाय राजी भए । मेरो लागि युएसएआइडीले फिलिपिन्सको लागि छुट्याएको […]

Continue Reading

तुइन

नमिता दवाडी, न्यूजिल्याण्ड मलाई तुइन तर्नु छ ! मलाई तुइन तर्नु छ ! मलाई तुइन तर्नु  छ !! मलाई ! मलाई तुइन तर्नु छ !!! बर्बराई रहँदो रहेछु ! आमा झक्झक्याउँदै उठाउनुहुन्छ र सोध्नुहुन्छ कुन तुइनको कुरा गरेकी ? अस्ति नै हालेका हुन्  साँघु स्तुल खोलामा, मोती खोलामा समयसंगै चल्ने गर न छोरी ! कति […]

Continue Reading