एउटा घुर्मैलो कल्पको प्रेम

गोविन्द पौडेल, काठमाडौं   अज्ञात सपनाको बगैंचाभित्र पल्किएको न्यास्रोपनाको आँसु , शून्यताको शिशिर र बिराना पाइलाहरूको डोब कहाँ पो लुकाउँछौ लिली ? पहाडका नागबेली गोरेटाहरूमा अलमलिएको उदास सपना टाढाको सम्झनामा हराएको मायाको रङ युगौं पुरानो चट्टानजस्तै मुटुभरि एउटा प्रागऐतिहासिक अवशेष बोकेर कतिन्जेल पर्खन्छौ लिली ? मौनता आफैंमा जवाफ रहेछ म त बिनाकारण कारण खोजिबसेँ कतिन्जेल […]

Continue Reading

गणित जस्तो जिन्दगी

सीता अर्याल, म्याडिसन जिन्दगी पनि अचम्मको गणित रहेछ जहाँ हरेक दिन नयाँ प्रश्नपत्र बोकेर आउँछ समय हामी अनुभवका कलमले आफ्नो उत्तर लेखिरहन्छौँ। कहिले खुसीका अङ्कहरू जोडिन्छन् कहिले पीडाका रेखाहरू घट्छन् कहिले सपनाहरूको गुणन हुन्छ कहिले आफ्नै चाहनाहरू भाग लागेर टुक्रिन्छन्। बालुवामा कोरिएको चित्रजस्तै कतिपय सम्बन्धहरू समयको छालले मेटिदिन्छ तर केही आत्मीय मनहरू भने ढुङ्गामा कुँदिएको […]

Continue Reading

चार मुक्तक

नीमा डि.सि. कोहलपुर बाँके एकः कुनै वस्तु जोख्ने तराजु जस्तो नाप्ने फिता जस्तो आधुनिक बन्ने क्रममा जिन्दगी भो कि रमिता जस्तो ? मुक्तकै पिच्छे मिलाएर मुखतक राख्ने होडबाजीमा लाग्छ सिर्जनाभन्दा फोटो देखाउने प्रतियोगिता जस्तो!! दुईः ठुलो धाक, सानो विचार र दिमाग देखाएर गयो मित्रभाव देखाउनेले दुस्मनीको राग देखाएर गयो कोही मेरो जिन्दगीमा आएर शालीन भेषमा […]

Continue Reading

आज मेरो देश

सीता अर्याल, म्याडिसन, विस्कानशीन आकाश आज च्यातिएको चिठीझैँ छ आशाका अक्षरहरू वर्षाले बगाएको छ आमाको काख माटो पसिनाको फूल फुल्न नपाई वैलाएको छ। युवाहरू उडे चराझैँ परदेश खाली गुँडले प्रत्येक साँझ सुस्केरा हालिरहेको छ गाउँका बाटाहरू वृद्ध आँखाझैँ पर्खाइका जुलूसले भरिएका छन्। सत्ताका दरबारहरू सुनौलो पिँजडाझैँ चम्किए जनताको सपना भोकले चाउरिएको कमलझैँ झरिरह्यो। देश मेरो […]

Continue Reading

हराएको मुस्कान

मीना श्रेष्ठ, इटहरी बा गए एकपटक पनि पछाडि नहेरी कहिल्यै नफर्किने गरी बादल पारीको गाउँ जादा माताजीको गलाको पोते हातका इन्द्रधनुषी चुराहरू बट्टामा राखेको कुमकुम मिश्रित सिन्दुरको डिब्बा शुध्द लिएर गए। बाले त्यति मात्र लगेनन् , मेरो शिरको ताज कर्ली कपाल लिएर गए वाणीमा सम्मोहन थप्ने मेरो मुस्कान पनि लिएर गए। लैजानै परे पछि, किन […]

Continue Reading

चार मुक्तक

नीमा डि.सि., कोहलपुर बाँके हाल:अमेरिका एक खाइन्छ सिन्की-ढिँडो भोकलाई खीर किन चाहियो? सङ्घर्ष मनको साथी हो भने व्यर्थ पीर किन चाहियो शब्दले रिटिदिए पुग्छ यो सानो मेरो कोमल मुटुलाई मुटुमै हान्नलाई धारिलो हतियार र तीर किन चाहियो! ! दुई खुसी दिन्छु भनेर पाइला मोड्नु हुन्न साथी मुटुभित्र दु:ख थुपार्न नाता जोड्नु हुन्न साथी मन हो […]

Continue Reading

गाड़ीभित्रको यात्रा

नवीन पौड्याल, कालिम्पोङ   कति चाँड़ो समय बित्दछ काला केश सेता भए, कच्चा सड़क चिल्ला भए चिल्ला सड़क खस्रा भए । बिरूवा रूख भए, हरिया रूख बुढा भए।   कति वर्ष भयो गाड़ीको यात्रा अझ त्योभन्दा बढी गाड़ीभित्रको यात्रा दैनिक पाँचजनाको गाडीको यात्रा दैनिक ओहोरदोहोर दैनिक उही उकाली ओराली दैनिक दृश्य उही गाड़ी दैनिक उही […]

Continue Reading

म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु ! (कविता)

  मिलन समिर, स्याङ्जा, नेपाल म अर्थात् एउटा अर्को उत्तरआधुनिक अभागी युवा श्रवणकुमारको असामयिक अप्रत्याशित मृत्युको अकल्पनीय शोकको घडीमा अन्धाअन्धी वृद्ध बाबुआमाको अभागी अदृश्य आँखाहरुको नाकेडाँडाको भिरालो बाटोहुँदै अविरल सम्झनाको पिँधमा एकोहोरो टोलाउँदै बसिरहेको बाल्यकालीन स्मृतिलाई चिहाउँदै साउने झरी बनेर झरेसँगै भुमाफिया र दलालहरुको गिद्दे नजर मैमाथि परेसँगै हेलिएर नैतिकताको आचरणले सधैँका लागि जीवनसागर तरेसँगै […]

Continue Reading

दन्त दर्द (कविता)

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ आँतको रोगीलाई एउटा दाँतले गर्नुगर्यो भाँच्चिएको दाँतको जरा बाङ्गिएर संकटमा पर्यो एन्टिबायोटिक खाए पनि शल्यक्रिया गर्नुपर्यो कुशल सर्जन भेटेपछि बल्ल ठूलो समस्या टर्यो समस्या टर्नु त टर्यो र पनि दुई चार दिनलाई मौन व्रत बस्नुपर्‍यो। ००० १६ चैत २०८२ धुम्बाराही,काठमाडौं।

Continue Reading

केही हाइकु

सुभाषचन्द्र पौडेल भीमफेदीया, धुम्बाराही,काठमाडौं। पूर्व नभमा उदाउँछन् सधैँ पूज्य भास्कर। पश्चिममा जो अस्ताउँछन् सधैँ ती दिवाकर। कस्तूरी मिर्ग जङ्गल कुद्या कुद्यै नाभिको वास्ना। गैरी खेतमा हलो पनि जोतियो बीउ छर्नु छ। ०००

Continue Reading