पोखरामा कवि उमेश अकिञ्चनको एकल कविता वाचन

५ भदौ २०८२, काठमाडौं नेपाली लेखक संघ, गण्डकीको आयोजनामा कवि उमेश अकिञ्चनको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । हिमालयन रिडर्स कर्नरको हलमा जम्मा भएका पोखरेली दर्शक एवम् स्रोतासामु उनले आफ्ना एक दर्जनभन्दा बढी कविता सुनाए । विराटनगरमा जन्मिएर काठमाण्डौलाई आफ्नो कर्मभूमि बनाएका कवि उमेशले आफूले देखेको भोगेको समय ,समाज र परिवेशले नै आफूलाई […]

Continue Reading

सुबिन भट्टराईको “समर लभ”: एक पाठकीय दृष्टिकोण

भाष्कर मैनाली शर्मा, दार्जिलिङ सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ पहिलो पटक विक्रम संवत् २०६९ सालमा प्रकाशित भएको हो। जम्मा २४७ पृष्ठमा फैलिएको यो उपन्यास मझौला आकारको छ। प्रेम सम्बन्धमा आधारित यस उपन्यासको मूल कथावस्तु दुई मुख्य पात्र अतीत र साया बीचको प्रेम सम्बन्ध वरिपरि केन्द्रित रहेको छ। उपन्यासमा अतीत र साया विश्वविद्यालयमा अध्ययनरत प्रेमी–प्रेमिका […]

Continue Reading

पवन आलोक नियात्रा सम्मान निर्मोही व्यासलाई प्रदान गरिने

४ माघ २०८२, काठमाडौं पवन आलोक नियात्रा सम्मान निर्मोही व्यासलाई पहिलोपल्ट प्रदान गरिने निर्णय भएको छ । बि.सं. २०७७ सालमा नियात्राकार पवन आलोकको नाममा श्रीमती रेखा कँडेलद्वारा स्थापित “पवन आलोक नियात्रा पुरस्कार” कृतिगत रुपमा प्रदान गरिंदै आएको थियो । यसै वर्षदेखि सो पुरस्कार “पवन आलोक नियात्रा सम्मान”का रुपमा योगदानलाई आधार मानी प्रदान गर्ने निर्णय गरिएको […]

Continue Reading

एघार स्रष्टालाई ज्योति साहित्य सम्मान

३ माघ २०८२, काठमाडौं ज्योति साहित्य प्रतिष्ठानले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका ११ स्रष्टालाई सम्मान अर्पण गर्ने घोषणा गरिएको छ। सम्मानहरू तीन प्रकारका रहेका छन् । ती सम्मानहरूमा ज्योति साहित्य सम्मान, ज्योति प्रतिभा सम्मान तथा ज्योति विशिष्ट आजीवन सदस्यता सम्मान रहेका छन् । प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले जनाए अनुसार ज्ञान उदास, उषा शेरचन, ध्रुव […]

Continue Reading

मन्थलीमा “जगदीश घिमिरे स्मृति पुरस्कार” अर्पण

३ माघ २०८२, मन्थली, रामेछाप साहित्यकार जगदीश घिमिरेको एघारौं स्मृति दिवसको अवसरमा जगदीश घिमिरे प्रतिष्ठान, मन्थली, रामेछापद्वारा आयोजित कार्यक्रममा स्रष्टाद्वय पवन आलोक र मीना चौलागाईंलाई क्रमश: २०८१ र २०८२ सालको ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ले प्रदान गरियो । प्रमुख अतिथि मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेतले स्रष्टाद्वयलाई ५१ हजार नगदराशिको चेक र ‘जगदीश घिमिरे प्रतिष्ठान’की अध्यक्ष एवं […]

Continue Reading

शङ्कर शाहका तीन कृतिहरूको लोकार्पण सम्पन्न

३ माघ २०८२, काठमाडौं दायित्व वाङ्मय प्रतिष्ठान,नेपालले एक कार्यक्रमको आयोजना गरी साहित्यकार शङ्कर शाहका तीन कृतिहरू ‘जेन लहर हाइकु चर्चा,’आइना जो देखाउँछ’लेख तथा समीक्षा सँगालो र ‘दोबाटोको च्याखुरा’कथा,निबन्ध/लेखसंकलनको एकसाथ लोकार्पण सम्पन्न ग-यो । प्रतिष्ठानका उपाध्यक्ष,समालोचक प्रा.डा.भागवत ढकालले लोकार्पित तीन कृतिहरूका बारेमा समीक्षात्मक टिप्पणी पेश गरेका थिए। टिप्पणीका क्रममा उनले स्रष्टा शाहले हाइकुका बारेमा राम्रो चर्चा […]

Continue Reading

इलामका सर्जकहरु सम्मानित

१ माघ २०८२ माघ, काठमाडौं । काठमाडौंमा बसेका इलामेलीले आज माघे स‌क्रान्ति पर्व मनाए । इलाम विकास समाजले अनामनगर, काठमाडौंस्थित शिव मन्दिरमा आयोजना गरेको कार्यक्रममा चलचित्र निर्देशक एवं वरिष्ठ साहित्यकार लक्ष्मीनाथ शर्मा, वरिष्ठ पत्रकार धर्म गौतम, गायिका एवं कलाकार कविता आले, वरिष्ठ धावक बुद्धवीर लामा, वरिष्ठ चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, वरिष्ठ कलाकार राजु पिठाकोठे र […]

Continue Reading

साहित्यिक पत्रकार अच्युतरमण अधिकारीको अवसान

२८ पौष २०८२, काठमाडौं नेपाली साहित्य जगतमा विशेष गरी साहित्यिक पत्रकारको रुपमा सुपरिचित साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका निबृत्त प्राध्यापक अच्युतरमण अधिकारीको २८ पुस २०८२ का दिन काठमाडौंमा निधन भएको छ । विसं २००८ साल बैशाख ५ गते डुम्रे खोटाङमा जन्मेका उनले विसं २०१९ सालमा नेपाल पत्रिकामा “नेपालका गाउँमा” कविता प्रकाशन गरी साहित्यिक क्षेत्रमा उदाएका उनी […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको छब्बीसौं शृङ्खला सम्पन्न

२५ पुस २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको सम्पन्न भएको छ । सधैँ झैँ कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर आरम्भ गरिएको सो कार्यक्रममा दिवंगत स्रष्टा गजेन्द्रबहादुर शाहको कथा ‘बिर्सेको कुरा’ कथाकार समिना खनाल पृथाले वाचन गर्नुभएपछि अन्य […]

Continue Reading

माला (कथा)

  माधव सयपत्री (कथाकार माधव सयपत्रीको कथा सङ्ग्रह “माला” हालै प्रकाशित भएको छ । सो कथा सङ्ग्रहमा २२ कथाहरू रहेका छन् । पुस्तकको शिर्षक कथा “माला” पाठकहरूका लागि प्रस्तुत छ ।) ‘म एउटा कुरा भन्चु, मान्चस् कान्छा ?’ मालाले लाडिएर सोधी । ‘के कुरा माला ?’ मैले प्रेमपूर्वक सोधेँ । ‘अँ, म अ‍ैले भन्दिनँ । […]

Continue Reading