६ चैत २०८२, काठमाडौं नेपाली वाङ्गमयको श्रीबृद्धिमा विगत २७ वर्षदेखि कृयाशिल संस्था एपेक नेपालले ४० वर्ष मुनिका युवा सर्जकलाई प्रदान गर्ने गरी स्थापना गरेको ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ यस वर्ष कर्णाली प्रदेश, सुर्खेतकि सर्जक हिमा रोका “प्रतिज्ञा”को लघुकथा पाण्डुलिपिलाई प्रदान गर्ने निर्णय गरेको छ । एपेक नेपालले जनाए अनुसार देश-देशावरबाट प्राप्त पाण्डुलिपि मध्यबाट छनौट भएको […]
Continue ReadingAuthor: Vishwa parikrama
शंकर लामिछाने जयन्ती सम्पन्न
०५ चैत २०८२, काठमाडौं नेपाली निबन्ध साहित्यका शिखर व्यक्तित्व साहित्यकार शंकर लामिछानेको ९८ औँ जन्मजयन्ती का अवसरमा शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा’शंकर चर्चा’कार्यक्रम गरिएको छ। कार्यक्रममा इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी,प्रा.डा.गोविन्द मानसिंह कार्की,शंकर लामिछाने निबन्ध पुरस्कारबाट सम्मानित भइसकेका निबन्धकारहरू पवन आलोक,श्रीओम श्रेष्ठ’रोदन’,ज्ञानेन्द्र विवश,आख्यानकार भागिरथी श्रेष्ठ,युवा निबन्धकार श्रीबाबु कार्की,जरामा अर्थ खोज्ने कलाकार तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ लगायतले शंकर लामिछानेको […]
Continue Reading‘वंशवृक्ष’कृति चर्चा सम्पन्न
०४ चैत २०८२, काठमाडौं साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा आज चैत ४ गते कविद्वय प्रा.पुरूषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कविताकृति’वंशवृक्ष’को परिचर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।कविद्वयबीचको सम्बन्ध पिता पुत्रको हो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.कुलप्रसाद कोइराला रहेका थिए। अन्य आमन्त्रित व्यक्तित्वहरूमा […]
Continue Reading‘विश्व ज्योति साहित्य सम्मान’ मञ्जुललाई प्रदान गरिने घोषणा
३ चैत २०८२, काठमाडौं नेपाली वाङ्गमयको श्रीबृध्दिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले नगद राशि ५१ हजार रुपैयाँ राशी सहितको’विश्व ज्योति साहित्य सम्मान’कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मन्जुल’ला अर्पण गर्ने निर्णय गरेको छ । गत वर्षदेखि समर्पण गर्न सुरु गरिएको ‘विश्व ज्योति साहित्य सम्मान’ पहिलो वर्ष कवि एवम् गीतकार उषा शेरचनलाई समर्पण गरिएको […]
Continue Readingदण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रा. डा.जयराज आचार्यलाई प्रदान गरिने
३ चैत २०८२, काठमाडौं २०८२ सालको दण्डपाणि – नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार कूटनीति , परराष्ट्र, अन्तराष्ट्रिय मामलाविज्ञ तथा दीर्घ शिक्षासेवी विद्वान् प्रा. डा. जयराज आचार्यलाई अर्पण गरिने भएको छ। फागुन ३० गते बसेको दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र कार्यसमितिको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पुरातत्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक […]
Continue Reading“नेपाली परम्पारिक संस्कृति र सभ्यताको ढुकुटी”लाई साहित्य अकादमी पुरस्कार
१६ मार्च २०२६, नयाँ दिल्ली भारतको साहित्य अकादमी पुरस्कारको घोषणा भएको छ र सन् २०२५ को नेपाली भाषा तर्फको साहित्य अकादमी पुरस्कार “नेपाली परम्पारिक संस्कृति र सभ्यताको ढुकुटी” कृतिका लागि सिक्किमेली साहित्यकार चन्द्रप्रकाश भट्टराई शर्मालाई प्रदान गरिने भएको छ । साहित्य अकादमीले जनाए अनुसार यो कृति पुरस्कार प्रदानका लागि मोहन ठकुरी, पूर्ण योन्जन तथा रुद्र […]
Continue Readingसर्वोच्च अदालतले एकेडेकीका आजिवन सदस्यको सुविधा रोक्यो
१ चैत २०८२, काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्यहरूले आजिवन भत्ता सुविधा पाउँदै आएकोमा दोहोरो रुपमा सुविधा पाउनेहरूको भत्तालाई सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले आइतबार फैसला गर्दै सो निर्णय गरेको हो । पञ्चायतकालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सीमित प्राज्ञिक ब्यक्तिलाई आजिवन सदस्यता प्रदान गर्ने गरिन्थ्यो […]
Continue Readingमासिक कथावाचन कार्यक्रमको अठ्ठाइसौं श्रृङ्खला सम्पन्न
२९ फागुन २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि काठमाडौंमा आयोजन गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको अठ्ठाइसौं श्रृङ्खला सम्पन्न भएको छ । नेपाली साहित्यका यशस्वी साधक विजय मल्ल (१९८२ असार–२०५६साउन)को शतवार्षिकीको अवसरमा पूरै कार्यक्रम उनको एउटै कथामाथि समर्पित थियो । यौन मनोविज्ञानमा आधारित विजय मल्लको चर्चित कथा ‘कालो चस्मा’ नेपाली छात्र […]
Continue Reading“भवानी साहित्यिक पत्रकारिता सम्मान”को घोषणा
“भवानी साहित्यिक पत्रकारिता सम्मान”को घोषणा १ चैत २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघले दुई साहित्यिक पत्रकारहरू रमेश पोखरेल (कार्यकारी सम्पादक – शब्द संयोजन मासिक” र प्रविन जोशी (शृङ्खला साहित्यिक मासिकको संपादक/प्रकाशक) विसं २०८१ तथा २०८२ को “भवानी साहित्यिक पत्रकारिता सम्मान” प्रदान गर्ने भएको छ । वरिष्ठ कवि एवं समालोचक प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरु श्रीओम श्रेष्ठ […]
Continue Readingअनेसासको छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न
८ मार्च २०२६, एटलान्टा अनेसासले गर्दै आएको छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न भएको छ। मार्च ६ देखि ८ सम्म अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा आयोजित उक्त सम्मेलन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरको संयोजनमा सम्पन्न भएको हो। सम्मेलनको पहिलो दिन साहित्यकार, अतिथि तथा प्रतिनिधिहरूबीच […]
Continue Reading