दशैं

कविता

 

(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक) 

सुभाषचन्द्र पौडेल भीमफेदीया

मालश्रीको धुन बज्यो दशैं पनि नजिकियो
गाउँघरमा रौनक बढ्यो लिङ्गे पिङ मच्चियो

दशैं होस् सबैलाई अब दशा नहोस् कसैलाई
रमाउन् सबै मनहरू मान्यजनको आशिष् पाई

के हिन्दु,के बौद्ध,के मुस्लिम,के इसाई
दुर्गा माता भवानीले गरुन् हामी सबको भलाइ

देशभित्र देश बाहिर जति छन् हाम्रा दाजुभाइ
दिदीबहिनी,आमाबाबु मनाउन् दशैं खुसी भई

सत्यको जित हो दसैँ असत्यको हार हो दशैं
प्रकृति र संस्कृतिको सुन्दर उपहार हो दशैं

भेटघाट र शुभकामना लिनेदिने चाड हो दशैं
मीठो चोखो खाने खुवाउने भगवतीको प्रसाद हो दशैं

दुर्गा माता भवानीले सबै जनको कल्याण गरून्
सुख,समृद्धि र आरोग्यको वरदानले झोली भरून्।

ㅁ ㅁ