१० कार्तिक २०८३, काठमाडौं ।
वासु शशी स्मृति परिषद्ले एघार विभिन्न स्रष्टाहरू खगेन्द्र सङ्ग्रौला, बुलु मुकारुङ, रामप्रसाद पन्त, लोकेश ढकाल, धनवन्तरी मिश्र कात्यायनी, राजेन्द्र शलभ, प्रमोद ढुंगाना, डी. आर. उपाध्याय, शीला पन्त, सुमन वर्षा तथा अञ्जु शर्मालाई ‘वासु शशी साहित्य सम्मान २०८३’ प्रदान गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
आगामी २०८३ मङ्सिर १८ गते काठमाडौं महानगरपालिका वडा नं. ७, सुवणर्पुर सम्पदा संरक्षण समितिको सहकार्यमा एक समारोहका वीच सो सम्मान प्रदान गरिनेछ ।
वासुशशी परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले सो निर्णयको जानकारी गराएका हुन् ।
