११ जुलाई २०२६, वाशिङ्टन डि.सी.
अनेसास अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज को सन् २०२६–२०२८ कार्यकालका लालगोपाल सुवेदीको नेतृत्वमा नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी, अमेरिका क्षेत्रीय उपाध्यक्षमा सकुन ज्ञवाली, महासचिवमा राजु सिटौला तथा कार्यकारी सदस्यहरूमा मिरा कोइराला, महेश्वर पन्त, राजेन्द्र केसी, हरिमाया अधिकारी एबम् डा. पारसमणि दंगाल निर्वाचित भएका छन् ।
अध्यक्ष लगायत यी पदहरूमा मतदानको आधारमा निर्वाचित भएका हुन् ।
क्षेत्रिय उपाध्यक्षहरु एशियाका लागि दिनेशराज ज्ञवाली, ओसेनियाका लागि डा. प्रकाश पौडेल तथा युरोपका लागि राज श्रेष्ठ तथा सचिव पदमा ऋषभदेव घिमिरे एबम् कोषाध्यक्ष पुष्पा खनाल पनि निर्विरोध भैसकेका थिए ।
विजयी टिमले भानु जयन्तीका अवसरमा आउँदो शनिवार भर्जिनियाको मनाससमा आयोजना गरिने कार्यक्रममा पद बहाली गर्नेछ ।
०००
