१८ अप्रिल वाशिङ्डट डिसी,
नेपाली गीतकार पुष्पा खनाल ‘आइएसएसए (ISSA) अवार्ड्स अमेरिका २०२६’ को चार विधामा मनोनित भएकी छिन् । यो उनको निकै महत्त्वपूर्ण उपलब्धि हो ।
उनी फिमेल राइजिङ स्टार अफ द इयर (Female Rising Star of the Year), फिमेल गीतकार अफ द इयर (Female Songwriter of the Year),फिमेल एकल गीत अफ द इयर (Female Single of the Year) तथा म्युजिक भिडियो अफ द इयर (Music Video of the Year) विधाहरूमा मनोनित भएकी हुन् ।
यसमा पुरस्कृत हुन चाहिने भोटिङका लागि उनले नेपाली समुदायमा आग्रह समेत गरेकी छन् । यो निशुल्क भोटिङ अप्रिल ३० मध्यरात सम्म खुल्ला रहनेछ।इस्सा एवार्डसका बिजेतालाई २२ अगस्त २००२६ मा स्याण्डी स्प्रिङगस् पर्फर्मिङ आर्टस् सेन्टर एटलाण्टामा आयोजना हुने बिशेष कार्यक्रममा प्रदान गरिनेछ ।
०००
