“प्रेमाश्रु” को अमेरिकामा गृह बिमोचन तथा परिचर्चा

समाचार

२८ मार्च २०२६ वाशिंटन डिसी

अनेसास डी.सी. च्याप्टरको आयोजनामा लामो समयदेखि बाल–साहित्य र गीत–मुक्तक–कविता विधामा पुस्तकाकार कलम चलाउँदै आइरहेकी लेखक बिमला ढुङ्गाना निरौलाको पहिलो कथा–सङ्ग्रह “प्रेमाश्रु” को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा लोकार्पण भैसकेको यो कृतिको गृह लोकार्पण सामुहिक रुपमा गरिएको थियो ।
सो कृतिका वारेमा वरिष्ठ पत्रकार तथा समीक्षक जयदेव गौतम र अनेसास बीओटी उपाध्यक्ष तीर्थराज पाण्डेयले कथा–सङ्ग्रह “‘प्रेमाश्रु” माथि समीक्षत्मक परिचर्चा गरेका थिए ।
कार्यक्रमलाई प्रमुख अतिथि सुबेदी र लेखक निरौलाका साथै अनेसास बी.ओ.टी. सल्लाहकार पुरु सुबेदी, अनेसास डी.सी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुबेदी, कथाकार बिमलाका पति मोहन निरौला लगायतले सम्बोधन गरेका थिए ।
सो अवसरमा अनेसास केन्द्रीय सदस्य गीतकार पुष्पा खनालले लेखक निरौलाको व्यक्तित्व र लेखनयात्राबारे सङ्क्षिप्त जानकारी गराएकी थिइन् ।
अनेसास डी.सी. च्याप्टरका महासचिव जगन्नाथ पौडेलले सञ्चालन गरेको कार्यक्रममा सोही च्याप्टरकी सचिव गोमा न्यौपानेले स्वागत मन्तव्य दिएकी थिइन् ।

०००