‘तीन महादेशका केही तरङ्ग’ विमोचित

मुख्य समाचार

२३ फागुन २०८२, काठमाडौं

अमेरिकाको भर्जिनियालाई कर्मभूमि बनाउँदै आएका साहित्यकार पशुपति घिमिरेको नियात्रा कृतिको बिमोचन सम्पन्न भएको छ ।
सो कृतिलाई प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, तथा अतिथिहरू विश्व साइकल यात्री पुष्कर शाह, समीक्षक राजकुमार बानियाँ,कवि प्रह्लाद पोख्रेल,निबन्धकार कुमारी लामा लगायतले सामुहिक विमोचन गरेका थिए ।
सो कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले प्रमुख अतिथिको मन्तब्य, समीक्षक राजकुमार बानियाँले कृति बारे समीक्षात्मक मन्तब्य, लेखक पुष्कर शाह तथा कवि प्रह्लाद पोखरेलले शुभकामना मन्तब्य राखेका थिए । साथै कृतिका स्रष्टा पशुपति घिमिरेले लेखकीय मन्तब्य राखेका थिए ।
नियात्राकार घिमिरेका यसअघि बुध्दवादका तीन आयाम तथा त्यसको अङ्ग्रेजी ‘थ्री डाइमेन्सन्स अफ बुद्दिजम’ तथा ‘वण्डरिङ वर्डस्ः सम वेभ्स फ्रम थ्री कन्टिनेन्टस्’ प्रकाशित छन् ।
विमोचित यो नियात्रा ‘तीन महादेशका केही तरङ्ग’ ‘वण्डरिङ वर्डस्ः सम वेभ्स फ्रम थ्री कन्टिनेन्टस्’ को नेपाली भाषामा प्रकाशित पुस्तक हो ।

०००