३० असोज २०८१, काठमाडौं
जयदेव भट्टराईको संस्मरणात्मक शब्दचित्र ‘नमन’को विमोचन सम्पन्न भएको छ ।
३९ जना व्यक्तित्वहरूको शब्द चित्र समेटिएको सो कृतिमा रहेका जिवित श्रष्टाहरू पहिलो महिला कलाकार उर्मिला गर्ग उपाध्याय, वनस्पतिविद डा. तीर्थबहादुर श्रेष्ठ, गायन समाजसेवामा समर्पित नुपूर मट्टाचार्य, नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्द, प्रसिद्ध सितारवादक विजया शर्मा, नेपाली रङ्गमञ्चका प्रथम नायिका शकुन्तला शर्मा, वास्तुविद र राष्ट्रिय झण्डाका प्रवर्तक शङ्करनाथ रिमाल, कला जगतमा सुप्रसिद्ध नाम शशी शाहहरूले सामुहिक रुपमा सो कृतिको विमोचन गरे ।
सो कृतिमाथि नाट्यकर्मी एवम् कवि अशेष मल्ल र साहित्यकार एवम् वरिष्ठ समालोचक डा. लक्ष्मण गौतमले आ-आफ्नो धारणा राखेका थिए ।
कृतिका स्रष्टा जयदेव भट्टराईले पनि कार्यक्रममा आफ्नो लेखकीय धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता अग्रज कलाकार एवम् नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कुलपति के के कर्माचार्यले गरेका थिए ।
कार्यक्रमको सञ्चालन कवि ठाकुर वेलवासेले गरेका थिए ।
०००
