कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि दस कृतिको छनौट

समाचार

६ साउन २०८२, चितवन

कविडाँडा साहित्य समाज, चितवनले प्रत्येक वर्ष अर्पण गर्दै आएको ” कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१” का लागि छानिएका उत्कृष्ट दस आख्यान कृतिको सुची सार्वजनिक गरेको छ ।
समाजका अध्यक्ष एल.बी. क्षेत्री हस्ताक्षरित विज्ञप्ति अनुसार छनौट भएका कृतिहरुमा अर्हत (उपन्यास) शैलेन्द्र अधिकारी, उरमाल (उपन्यास) छुदेन काविमो, एउटा मायी नगरमा (कथा सङ्ग्रह) रमेश क्षितिज, धिमहि(उपन्यास) जयराम तिमिल्सिना, प्रवासीको देश हुन्न(कथा सङ्ग्रह) पंचम अधिकारी, रुदाने(उपन्यास) टंक चौलागाँई, हिउँको गीत (उपन्यास) तिर्थ गुरुङ, स्व (उपन्यास) सरस्वती प्रतीक्षा, सावर्णि (उपन्यास) श्रीधर खनाल तथा सिम्सारा (उपन्यास) बसन्त बस्नेत रहेका छन् ।
विज्यप्ति अनुसार पुरस्कार छनोट समितिले निकट भविष्यमा उत्कृष्ट पाँचवटा पुस्तक चयन गर्ने, तेस्रो चरणमा उत्कृष्ट एकको चयन हुने र सो कृति पुरस्कृत हुने जनाइएको छ ।