१ जुलाई २०२५, हङकङ
स्रष्टा राजकुमार राईकृत सृजना स्रट्रा पुरस्कार प्राप्त उपन्यास “किवाहाङ” को डा.पुरण राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
सो अवसरमा प्रमुख अतिथि डा. पुरण राइले उपन्यास समाजशास्त्रीय दृष्टिकोण वाट अत्यंत महत्वपूर्ण रहेको राजनीति संस्कृति पक्षको देखाउन खोजीएको वताए ।
विशिष्ट अथिति नेपाली महासंघ का उपाध्यक्ष नविन सुवाहाङ ले राजकुमार राईले साब्लाबुङ( शव्दपुष्प) साहित्यिक पत्रिका प्रकाशन गर्दै, नेपालमा पुस्तकालय अभियान सञ्चालन गर्दै तथा अहिले सम्म नलेखिएको बिषयमा “किबाहाङ” जस्तो पठनीय उपन्यास लेखेर योगदान दिएएको वताए ।
बज्रकुमार राईले अध्ययन-अनुसन्धानकर्ता तथा शोधार्थीहरुका निम्ति अति उपयोगी हुने बताए ।
चन्द्र मादेन आन्छनले लाहुरेहरूले विभिन्न मुलुकमा गरेका सघर्ष भोगाईहरू किराँत संस्कृति नेपाल र ब्रिटिश ले गरेको विभेद उपन्यासमा मिहिन रूपमा आएको वताए ।
लेखक राजकुमार राईले वर्तमान पाठकहरू माया प्रेम धनी गरिब यौन कुण्ठाहरू रूचि राख्दैन , आफुले नसुनेका नभोगेका नदेखेका बिषयहरूमा पठनमा रूचि राख्ने गर्छ भन्दै साहित्य मनोरंजन बौद्धिक विलास वाट माथी उठेर लेख्नु पर्छ भन्ने आफ्नो बिचार भएकोले किबाहाड लेखेको वताए ।
कार्यक्रममा प्रथम पटक हङकङका स्कुल र युनिभर्सिटी का विद्यार्थीहरूको उपस्थिति रहेको थियो । साहित्यिककार दाजु गुरूङ र जुनु दिव्य रानाले शुभकामना मन्तव्य तथा जय प्रकाश गुरूङको स्वागत भाषण रहेको सो कार्यक्रममा मणि शेखर गुरूङ ले सभा सन्चालन गरेका थिए ।
अन्तमा कार्यक्रमका सभापतित्व सखुवासभा समाजका लिला वहादुर गुरूङले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
०००
