१६ असार २०८२, काठमाडौं ।
साहित्यिक पत्रकार संघले क्यालगरी क्यानडाको क्यालगरीमा बसोबास गर्दै आएका साहित्यकार राजेन्द्रप्रसाद प्रसाईंको नविनतम् कथाकृति ‘जिन्दगीका नौ रङ्गी कथाहरु’ को प्रमुख अतिथि वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी., संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरु राजनीतिज्ञ एवं लेखक दीर्घराज प्रसाईं, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईं, साहित्यकारहरु प्रा. डा. हेमनाथ पौडेल, कृष्ण प्रसाईं, गोपीकृष्ण प्रसाईं, सिर्जना शर्माले सामुहिक रूपमा लोकार्पण गरे ।
सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि डा. सुरेन्द्र के.सी.ले आफू कृतिकार प्रसाईंको सहपाठी रहेको बताउँदै शुभकामना मन्तव्य राखे ।
कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा.हेमनाथ पौडेलले कृतिको समीक्षा गर्दै प्रसाईंका कथामा डायस्पोरिक चेतनको अभिव्यक्ति रहेको बताए ।
कार्यक्रममा राजनीतिज्ञ एवं लेखक दीर्घराज प्रसाईं, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईंले शुभकामना मन्तव्य राखे ।
यसैगरी कृतिकार प्रसाईंले लेखकीय मन्तव्य राख्दै धन्यवाद ज्ञापन गरे ।
०००
