प्यूठानमा विजयराज आचार्य सम्मानित

समाचार

१४ असार २०८२, प्यूठान

साहित्य परिषद् प्युठानको आयोजनामा बाल साहित्य सर्जक विजयराज आचार्यद्वारा लिखित डल्ले सराय बाल कथा संग्रह विमोचन तथा नेपाल बाल साहित्य समाजको अध्यक्ष पदमा निर्वाचित भएकोमा सम्मान गरेको थियो ।
कार्यक्रममा डल्ले सराय कथा सङ्ग्रहको समिक्षा साहित्यकार माधव पोख्रेलले गरेका थिए । उक्त कार्यक्रममा डल्ले सराय कथामा आधारित इमिनेट लघु चलचित्रको प्रियम सो प्रमुख अतिथिबाट गरिएको थियो ।
विजयराज आचार्य नेपाल बाल साहित्य समाजको अध्यक्षमा निर्वाचित भएकोमा साहित्य परिषद् प्युठान , उद्योग वाणिज्य सङ्घ प्युठानका अध्यक्ष सन्देश आचार्य , स्वतन्त्र नागरिक मञ्च प्युठानका अध्यक्ष कर्णध्वज के सि , सचिव डिमराज पोख्रेल , नेपाल रेडक्रस जिल्ला प्युठानका अध्यक्ष गुमान राज पुलामी , ज्यष्ठ नागरिक संघ प्युठानका अध्यक्ष गेहराज शर्मा , प्राणमन्च मिडियाका संचालक पदम पोख्रेल , जनता मा वि बाग्दुलाका प्र ०अ ० ईन्द्रमणि पोख्रेल , वरिष्ठ साहित्यकार कमल पोख्रेलगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि शिक्षक विद्यार्थीहरूले सम्मान गरेका थिए ! कार्यक्रममा गेहराज सर्मा , गेहराज थापा , शन्देश आचार्य , सन्जय रिजाल , ईन्द्रमणि पोख्रेल , देवेन्द्र रिजाल , शान्ता आचार्य , वसन्त पुन , डा० भोज बिक्रम बुढा , तुल्सिराम आचार्यलगाएतका वक्ताहरुले मन्तव्य दिएका थिए ।
मन्तव्यको क्रममा बालसाहित्य सर्जक विजयराज आचार्यले प्रगतिको लागि जन्म ठाउँ छोडे पनि आफ्नो जन्म ठाउँलाई चटक्कै भुल्न नहुने कुरा ब्यक्त गरे । जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा ठुला हुन् भन्दै आगामी दिनमा आफुले जन्मभूमिको अझ धेरै सेवा र समय दिने बताए ।
साहित्य परिषद् प्युठानका अध्यक्ष बिमला खनालको अध्यक्षता , प्युठान नगरपालिका नगर प्रमुख विष्णु योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो ! सो कार्यक्रमको सञ्चालन साहित्य परिषद् प्युठानका सचिव सानु गुल्मेलीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष ध्रुव गिरीले गरेका थिए ।