‘आसक्ति’उपन्यासको लोकार्पण सम्पन्न

मुख्य समाचार

६ जेठ २०८२, काठमाडौं

सर्जक डा.डी.आर उपाध्याय अर्थात् धर्मराज खनाल को १७ औँ उपन्यास’आसक्ति’को लोकार्पण साहित्यिक पत्रकार सङ्घको आयोजनामा सम्पन्न भएको छ।
पुस्तकलाई मञ्चासिन अतिथिहरु तथा लेखकले सामुहिक रुपमा लोकार्पण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि माननीय डा.अमरेश कुमार सिंहले जुन देशमा कलम अबरुद्ध हुन्छ,साहित्य अबरुद्ध हुन्छ त्यस देशमा स्वतन्त्रता हुँदैन भन्ने बताउँदै लेखक तथा साहित्यकारहरू कलमको माध्यमबाट पृथ्वीनारायण शाह जस्तै भई एकीकरणको अभियानमा लाग्नुपर्ने बताए ।
लोकार्पित कृति’आसक्ति’का भूमिका लेखक समेत रहेका काव्यकार खेमनाथ दाहालले उपाध्यायको उपन्यास आसक्ति ऋणम् कृत्वा घृतम् पिवेत् उखानसँग मिल्न गएको बताए।
कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ,खनाल समाजका माधव खनाल,गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी,गायक सन्तोष श्रेष्ठ तथा कलाकार उत्तम केसीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा उपन्यासका सर्जक डा.उपाध्यायले पनि आफ्ना कृतिका बारेमा संक्षेपमा प्रकाश पारेका थिए। शुमकामना मन्तव्यकै क्रममा कलाकार मदनदास श्रेष्ठले महिशाशुर नाटकको सानो अंश सम्वाद सहित अभिनय समेत प्रदर्शन गरेका थिए।
कार्यक्रममा गायक सागर अधिकारीले डा.उपाध्यायद्वारा रचित आफ्नै साथीबाट … … बोलको गीत गाएर सुनाएका थिए भने प्रवाशमा बसेर नेपाली भाषा र साहित्यको सेवा गरेका साधक विनोद खड्कालाई सोही समारोहमा सम्मान गरिएको थियो।
सो कार्यक्रमको सहजीकरण तथा सञ्चालन कृष्ण भुषालले गरेका थिए।

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)

 

 

Leave a Reply