एलबी क्षेत्रीको’अमेरिकामा ४३ दिन’ नियात्रा कृतिको विमोचन सम्पन्न

मुख्य समाचार

३० वैशाख २०८२, काठमाडौँ ।

साहित्यकार एल बी क्षेत्रीको नविनतम अमेरिका भ्रमणको संस्मरणात्मक कृति ‘अमेरिकामा ४३ दिन’को बिमोचन महिला साहित्यकार समूहको आयोजनामा सम्पन्न भयो । सो कृतिको विमोचन कार्यक्रमका प्रमुख अतिथि कवि लक्ष्मी माली, कार्यक्रमका अध्यक्ष कवि उषा शेरचन, लेखक स्वयम् लगायत मञ्चासिन सबैले सामुहिक रुपमा गरेका थिए ।
लोकार्पित कृतिबारे डा. सिर्जना शर्माले मन्तब्य ब्यक्त गर्दै एल बी सरले अमेरिकाका विभिन्न स्थानहरूमा विविध वर्ग र प्रवृत्तिका मानिसहरूसँगको अन्तरक्रिया प्रस्तुत गर्ने क्रममा देखाएको दृष्टिकोणलाई मानवीय, भावनात्मक र मनोवैज्ञानिक अध्ययनको रूपमा विश्लेषण गरिन्। डा. अशोक थापाले समीक्षात्मक टिप्पणी गर्दै संस्मरणमा चित्रित केही पात्रहरूको मनोविश्लेषणात्मक व्याख्या गर्दै तिनको प्रभावकारी प्रस्तुतिमाथि आफ्नो विचार राखे ।
कार्यक्रममा प्रमुख अतिथि कवि लक्ष्मी माली, कार्यक्रमका अध्यक्ष कवि उषा शेरचन तथा कृतिकार एल बी क्षेत्रीले आआफ्नो मन्तव्य राखेका थिए । ।
महिला साहित्य समूह काठमाडौंका संयोजक कवि रिता खत्रीले सो कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

 

Leave a Reply